Saturday, November 9, 2019

कल्याण

    याद राखौं– जगत्मा जति पनि प्राणी छन्, सबै हाम्रा आत्मा हुन्, उनीहरूमा कोही पनि पराया छैनन्, कोही पनि अरू होइनन् । जस्तो हाम्रो शरीरका भिन्न–भिन्न अङ्गहरू हाम्रो शरीरका नै अवयव हुन्, सबैलाई मिलाएर नै शरीर बन्दछ, यसै प्रकार सबैलाई लिएर नै हामी हौं ।
    याद राखौं– हामी उनीहरूलाई आप्mनो आत्मा नसम्झेर अरू नै सम्झन्छौं, यसैले उनीहरूको सुख–दुःखमा उदासीन रहन्छौं । आप्mनो सम्झेको भए कहिले यस्तो हुँदैनथ्यो । के शरीरको कुनै पनि अङ्गमा चोट लागेमा हामी के यो मान्छौं कि चोट अरूलाई लागेको छ ? के हामीलाई त्यसको लागि वेदनाको अनुभव हुँदैन ? अवश्य हुन्छ । किन ? यसैले कि हामीलाई उनीहरूप्रति आत्मभाव छ ।
    याद राखौं– हामी सबैको हितको परवाह नगरीकन उनीहरूलाई कष्ट पु¥याएर यदि आप्mनो मात्र भलो चाहन्छौं, आप्mनो लागि सुख चाहन्छौं भने हाम्रो कदापि भलो हुँदैन, न हामीलाई सुख प्राप्त हुन्छ । आप्mनै हातले आप्mना अङ्गहरू काटेर कोही कहिले सुखी हुन सक्छ ?
    याद राखौं– समाजमा जाति, सम्प्रदाय आदि भेद केवल समाजको व्यवस्था सुचारुरूपले सञ्चालन होस्, र प्रत्येक व्यक्ति आआप्mनो मार्गमा हिंडेर जीवनको परम लक्ष्य भगवान्लाई प्राप्त गरोस्, यसको लागि हो । र यो आवश्यक तथा उचित पनि छ, परन्तु यसको अर्थ यो होइन कि यस भेदले आत्मामा कुनै भेद आउँछ र अरूको हितको नाश गरेर कोही सुखी रहन सक्छ ।
    याद राखौं– जो व्यक्ति विश्वात्माको साथ आपूmलाई मिलाएर विश्वका समस्त जीवलाई आप्mनो रूपमा देख्दछ, र सबैको दुःख–सुखलाई आप्mनै दुःख–सुख मानेर, जस्तो आप्mनो दुःखलाई दूर गर्न र सुख प्राप्त गर्न स्वाभाविक चेष्टा गर्छ, त्यस्तै नै सबैको लागि गर्न थाल्छ भने उसको जीवन नै यथार्थमा मनुष्य–जीवन हो र त्यही जीवन धन्य हो ।
    याद राखौं– स्वार्थ जति सङ्कुचित हुन्छ, उति नै फोहर र हानिकारक हुन्छ, जस्तो कि सानो खाल्डोमा एकत्र पानी कुहिन्छ र त्यसमा कीरा पर्छ । यदि हाम्रो स्वार्थ अखिल जगत्को स्वार्थसँग मिल्यो भने विश्वका प्राणीहरूको स्वार्थ नै हाम्रो स्वार्थ होस् त हाम्रो त्यो स्वार्थ पवित्र र लाभदायक हुन्छ । त्यसैबाट विश्वात्मा भगवान्को पूजा भइरहन्छ ।
    याद राखौं– जसले यो अनुभव गर्छ कि यस सारा जगत्–जगत्का समस्त प्राणी मेरो भगवान्बाट नै निक्लेका हुन्, र भगवान् नै सदा सबैमा व्याप्त छ, उसले आप्mनो प्रत्येक कर्मद्वारा भगवान्लाई पुजेर जीवनलाई अनायास नै सफल बनाउन सक्छ । उसको लागि प्रत्येक जीव भगवान्को स्वरूप र उसको आप्mनो प्रत्येक कर्म भगवान्को पूजा बन्दछ । र जसद्वारा निरन्तर भगवान्को हुन्छ, उसलाई जीवनमा परम सिद्धि–भगवत्प्राप्ति हुन्छ, यसमा सन्देह नै के छ र ?
    याद राखौं– यदि हामी क्षुद्र सीमालाई छोडेर जाति, वर्ण, अधिकार, धन, देश आदिका भेदहरूलाई आत्माको भेद न मानेर विश्वरूप भगवान्को पूजामा आप्mनो जीवन लगाउँछौं भने हामीलाई पद–पद र पल–पलमा भगवान्को दर्शन हुन्छ र हाम्रो जीवन परम पवित्र तथा सबैको लागि आदर्श बन्दछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us