Wednesday, November 27, 2019

चार महीनामा ६० हजार सवारीलाई कारबाई

प्रस, वीरगंज, ११ मङ्सिर/
    प्रदेश नं. २ ट्राफिक कार्यालय पथलैयाले चालू आवको चार महीनामा करीब ६० हजार सवारीसाधनलाई कारबाई गर्दै रु ३ करोड ६८ लाख ६० हजार राजस्व सङ्कलन गरेको जनाएको छ।
    कार्यालय प्रमुख प्रहरी उपरीक्षक योगबहादुर पालका अनुसार ५९ हजार ९ सय ५ वटा सवारीसाधनलाई चालू आवको चार महीनामा कारबाई गरिएको थियो । चार महीनाको तथ्याङ्क अनुसार साउनदेखि कात्तिकसम्म १९ हजार ९ सय ६९ वटा ट्रकबाट रु १ करोड ३६ लाख ८५ हजार, ४ हजार ९९३ वटा बसबाट रु ३१ लाख ३९ हजार, ७ हजार २२५ वटा कार, जीप, भ्यानबाट रु ४० लाख ४० हजार, ३ हजार ५२८ वटा ट्याक्टरबाट रु २० लाख १० हजार,  २० हजार ५५४ वटा मोटरसाइकलबाट १ करोड १८ लाख ७९ हजार र ३ हजार ६३६ वटा टेम्पोलाई कारबाई गरेबापत रु २१ लाख ७ हजार गरी कुल रु ३ करोड ६८ लाख ६० हजार राजस्व असुली भएको हो।
    चार महीनाको सवारी कारबाईको तथ्याङ्क अनुसार सबैभन्दा बढी मोटरसाइकललाई कारबाई भएको छ भने ईरिक्शा सबैभन्दा कम कारबाईमा परेको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us