Sunday, November 10, 2019

राजयोगको ध्यान शिविर शुरू, सकारात्मक सोचले मात्रै जीवनसफल

प्रस, वीरगंज, २४ कात्तिक/            
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजको आयोजनामा तीन दिने ध्यान शिविर शनिवार देखि शुरू भएको छ।
    छपकैया पोखरी परिसरमा सञ्चालित शिविरमा वरिष्ठ मनोपरामर्श विज्ञ विजयराज सिग्देल र राजु घलेले सहभागीहरूलाई प्रशिक्षण दिइरहेका छन् ।
    शिविर समुद्घाटन गर्दै प्रदेश नं.२ का अर्थराज्यमन्त्री उषा कुमारीले  सर्वत्र नारीमाथि शोषण र विभेद भइरहेको अवस्थामा ब्रह्माकुमारी संस्थाले आध्यात्मिक जागरणको माध्यमबाट विश्वस्तरमा नै नारी सशक्तीकरण र मानवको समुत्थानको लागि महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
    पहिलो दिन पहिलो सत्रको प्रशिक्षणको क्रममा प्रशिक्षक विजयराज सिग्देलले सकारात्मक चिन्तन र फराकिलो सोंचका साथ अगाडि बढ्न सके आजको व्यस्त र भागदौडको समयमा पनि मानवजीवन सुन्दर र सार्थक हुने बताए ।
    दोस्रो सत्र अर्थात् बेलुकीपखको प्रशिक्षण सङ्घीयसभाका सांसद प्रदीप यादवको मुख्य आतिथ्यमा भएको थियो । सो अवसरमा सांसद यादवले विश्वका गाउँ, शहर कुनाकुनामा आध्यात्मिक एवं चारित्रिक शिक्षामार्पmत् मानवसमाजमा शान्ति, प्रेम र भाइचारा स्थापनाका लागि राजयोग सेवा केन्द्र निरन्तर लागिपरेको भन्दै ब्रह्माकुमारी संस्थाले वीरगंजमा पनि नगरवासीहरूको चारित्रिक तथा नैतिक उत्थानका लागि महŒवपूर्ण योगदान पु¥याइरहेको बताए ।
    दोस्रो सत्रमा प्रशिक्षक राजु घलेले विभिन्न समस्याहरूको बीचमा पनि शान्त र प्रसन्न भई सकारात्मक चिन्तनका साथ आदर्श जीवनयापन गर्ने विधि नै राजयोग भएको बताए । उनले सकारात्मक चिन्तन र शुभभावनाका साथ अगाडि बढ्न सहभागीहरूलाई आग्रह गरे । तीन दिनसम्म चल्ने ध्यान शिविर बिहान ७ देखि र अपराह्न ४ बजेदेखि सञ्चालन भइरहेको ब्रकु गोकुल गुुभाजुले जानकारी गराए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us