Saturday, November 16, 2019

प्रेम

    जुन प्रेममा भोग–सुखको इच्छा छ, संयमको अभाव छ, कर्तव्य–विमुख भएर केवल नजीकै बस्ने वा हेरिरहने चेष्टा छ, त्यो मानसिक विकार हो, स्वार्थ–साधनको प्रयास हो र परस्पर पवित्रता बढाउनुको सट्टा इन्द्रिय–तृप्तिको सुविधा खोजिंदैछ भने त्यो प्रेम कदापि पवित्र हुन सक्दैन ।
    प्रेमको प्रधान स्वरूप हो–निज–सुखको इच्छाको सर्वथा त्याग । भोग–प्रधान पाशविक इन्द्रिय–सुखको प्रयास त पवित्र प्रेमको नाममा कलङ्कित गर्ने पाप हो । प्रेमले सदैव दिइरहन्छ, त्यसले बदला चाहँदैन । जुन प्रेमको आधार भगवान् होइन, त्यो यथार्थ प्रेम होइन । प्रेम सदा स्वार्थशून्य हुन्छ । इन्द्रिय विकाररहित पवित्र हो, भोगेच्छाको लागि त्यसमा स्थान हुँदैन । आजको मनुष्यले त मोहको नाम नै प्रेम राखिदिएका छन् र यसैको फल महान् मानसिक अशान्ति र दारुण दुःख–भोग हो ।
    जसको परस्पर पवित्र प्रेम छ, त्योे परस्पर पवित्रता, पुण्य र सदाचरणको उन्नतिमा सहायक हुनुपर्छ । परस्पर आत्मसंयमको क्रियात्मक अध्ययन गर्नुपर्छ । त्याग र भगवद्नुरागको वृद्धि गर्नुपर्छ । हामी भोलि नाश हुने छालाको रूपमाथि र काल्पनिक गुणमाथि मोहित छौं । केही समयपछि यो गुण देखिंदैन र तपाईंको प्रेम काँचो धागोजस्तै चुँडिन पनि सक्छ । यस्तो पनि प्रेम हुन्छ ? प्रेम कहिल्यै चुँडिदैनस घट्दैन । जति छ, त्यतिकै पनि रहँदैन, त्यो त प्रतिक्षण बढिरहन्छ । त्यसमा रूप–गुणको अपेक्षा हुँदैन, त्यो त प्रेमस्वरूप अच्युत परमात्माको पवित्र देन हो ।
असली सद्गुण
    नाटकमा देखाइने सत्य, अहिंसा, अक्रोध, क्षमा, ब्रह्मचर्य, दया आदिले केही हुँदैन । त्यसै प्रकार नाटकीय ज्ञान, वैराग्य, भक्ति र प्रेम पनि निरर्थक हुन्छ । जसरी नाटकको राजा वस्तुतः राजा होइन, त्यस्तै नाटकको ज्ञानी, तपस्वी र सदाचारी पनि वस्तुतः त्यस्तो हुँदैन । मलाई असल बोल्न–मानिसहरूलाई बुभ्mन आइसकेको छ । ठूल्ठूला कुराको उपदेश दिन पनि थालेको छु तर यदि मैले स्वयम्ले त्यसको मर्म बुभ्mन सकिनँ र मेरो जीवनमा ती ठूला उपदेशले प्रवेश पाएन भने त्यसले मलाई के लाभ हुन्छ ? धनको भूmटो आडम्बरबाट कोही धनी हुन्छ ? अतएव जीवनमा साŒिवक गुण र भक्ति, वैराग्य, ज्ञानको सच्चा विकास हुनुपर्छ । ठूलो लगनबाट यस्तो चेष्टा गर्नुपर्छ ।  यही हुन्छ– अरूको दोष नहेरेर गुण हेरेपछि, आप्mनो अवगुण हेरेर  जीउज्यानले ती अवगुणहरूलाई नष्ट गरेर सद्गुणको प्रकाशको लागि अथक प्रयत्न गर्नाले । मानिसहरू अरूको दोष हेर्छन्, आप्mनो हेर्दैनन्, फल यो हुन्छ कि आपूmभित्र दोष भरिंदै जान्छ । सबै सद्गुण हाम्रो व्यवहारमा आउनुपर्छ । धेरैपटक मनुष्यले भूलपूर्वक व्यावहारिक सत्तामा दोषहरू रहनु अनिवार्य मानेर युक्तिपूर्वक दोषको समर्थन गर्न थाल्छन्स यो मनको ठूलो धोका हो । दोषको समर्थन कुनै रूपमा गर्नुहुँदैन र आप्mनो एक–एक दोषलाई दुस्सह बुझेर त्यसलाई त्याग गर्नुपर्छ । सद्गुण र सद्व्यवहार केवल कथन मात्र नभएर क्रियात्मक हुनुपर्छ र प्रत्येक प्रतिकूल अवसरमा सावधानीको साथ डटिरहनुपर्छ, जसबाट सद्गुण र सद्व्यवहारको अभाव नहोस् । धर्मको परीक्ष्Fा काम परेपछि नै हुन्छ । एकान्तमा सच्चा भक्ति हुनुपर्छ, त्यही भक्ति हो । सत्य र अहिंसा–जीवनमा उतार्नुपर्छ, त्यही सच्चा सत्य र अहिंसाको व्रत हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us