Sunday, November 10, 2019

दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

प्रस, पथलैया, २४ कात्तिक/
    बाराको पथलैयामा आइतवार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् ।
    दुर्घटनामा परेका दुवै पति–पत्नी हुन् । पथलैया–अमलेखगंज सडकखण्ड अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जङ्गलमा दुर्घटना हुँदा हेटौंडा–४ का उदयराज सापकोटाको घटनास्थलमैं मृत्यु भएको हो । दुर्घटनामा दुर्गा सापकोटा घाइते भएकी छन् । गम्भीर घाइते उनलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागि हेटौंडा लगिएको छ ।
    प्रहरी चौकी पथलैयाका अनुसार वीरगंजबाट हेटौडातर्पm जाँदै गरेको ना.७ख २०२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना.५५प ६४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनालगत्तै प्रहरीले घाइते महिलालाई उद्धार गरी अस्पताल पठाएको थियो ।
    इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले मृतकको शव शल्यपरीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पताल पठाइएको जानकारी दिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us