Saturday, November 9, 2019

सीमा विवाद कूटनीतिक पहलबाट समाधान हुनुपर्छ –मन्त्री सोनल

प्रस, वीरगंज, २३ कात्तिक/
    प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले नेपालको सीमा मिचिएको सम्बन्धमा कूटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।
    कलैयास्थित राजपा कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री सोनलले भारतीय दूतावासअगाडि प्रदर्शन गर्नुभन्दा नेपाली भूभाग मिचिएको सम्बन्धमा सरकारले कूटनीतिक पहल गर्नु उचित हुने बताए । उनले यसअघिका दिनमा चीनले सिमाना मिच्दा तत्कालीन प्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाले चीनका तत्कालीन राष्ट्रपति माओत्सेतुङसँग कूटनीतिक प्रक्रियाबाट समस्याको समाधान गरी मिचिएको नेपालको भूमि फिर्ता गर्न सफल भएको बताए । उनले नेपालको एक इन्च जग्गा पनि भारतले मिचिएको छ भने त्यसलाई फिर्ता गर्नुपर्ने तर्क गरे । तर त्यसका लागि अहिले थालिएको विरोधको शैली उचित नभएको तर्क दिए । केन्द्रीय सरकारले कूटनीतिक पहल थालेर विवादको समाधान गर्नुपर्ने भन्दै सीमा विवादमा नेपालमा भइरहेको विरोधको शैलीको विरोध गरे ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us