प्रस, वीरगंज, १२ मङ्सिर/
पर्सा, जगरनाथपुर गाउँपालिका–४ बस्ने असी करीम मियाँ सोही गापाको वडा नं. १ पिपरडारी टोलकी एक महिलाको घरमा जबरजस्ती प्रवेश गरेको समाचार प्राप्त भएको छ।
रक्सीले मात्तिएका ३० वर्षीय मियाँ राति १२ बजे अचानक घरमा पुगेपछि घरपरिवारका सबैजना तर्सिएका थिए। उनीहरूले सम्झाउन खोज्दा घरकी महिलाहरूमाथि झम्टिन खोजेको तथा गालीगलौज गरेपछि गाउँलेहरूले मियाँलाई नियन्त्रणमा लिंदै इलाका प्रहरी कार्यालय सेढवामा बुझाएका थिए।
पीडित महिलाले वीरगंज आई डाँका मुद्दाको जाहेरी शुक्रवार जिल्ला प्रहरी कार्यालयमा दिने बताएकी छन्। पक्राउ परेका मियाँलाई जगरनाथपुर गापाका अध्यक्ष्F जालीम मियाँले आप्mनो जमानतमा भोलि उपस्थित गराउने शर्तमा बिहीवार बिहान रिहा गराएर लगेको इलाका प्रहरी कार्यालय सेढवाका प्रनानि महावीर यादवले बताए।
गापा अध्यक्षको अनुरोधमा शुक्रवार प्रहरी चौकीमा पञ्चायती बसेर छलफल गरी मिलापत्र गरिने कुरो आएपछि आपूmले अमानतमा छाडेको उनले
बताए ।
असी करीम मियाँ गापा अध्यक्ष्F जालिम मियाँका सवारीचालक हुन्।

0 comments: