प्रमोद यादव, पंचगावाँ, ११ मङ्सिर/
पर्साको ग्रामीण क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक मठमन्दिरहरू विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् भने आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन हुन सकेको छैन।
पर्सागढी नगरपालिका अन्तर्गत पर्ने पर्सागढी मन्दिर, कोइलाभार मन्दिर, आमोदेवी मन्दिर, सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत पारसनाथ मन्दिर, राष्ट्रिय वनसँग जोडिएको शिवधाम मन्दिर, पटेर्वासुगौली गापा अन्तर्गत राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रसँग जोडिएको रामभौरीभाठास्थित दुग्धेश्वरनाथ महादेव मन्दिर, गादीमाई मन्दिर, जीराभवानी गापा अन्तर्गत राष्ट्रिय वनसँग जोडिएको सुगिभारमाई मन्दिर, ठोरी गापामा पर्ने बागमोर्चामाई मन्दिर, ठोरी पिकनिक स्पटजस्ता स्थलहरूमा पर्यटकहरू कमै आउने गर्छन् ।
सरोकारवालाले ती स्थानहरूलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न ध्यान नदिंदा पर्यटकहरू आउन नसकेको स्थानीयले बताएका छन्।
राजनीतिक दल तथा जनप्रतिनिधिहरू तालीम, गोष्ठीलगायतका काममा मात्र केन्द्रित हुने गरेकाले पर्यटकीय सम्भावना बोकेका यी स्थानहरूको विकासमा ध्यान नगएको स्थानीयवासीको गुनासो छ।
पर्सा जिल्लास्थित ऐतिहासिक तथा धार्मिक स्थलहरूलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न सकियो भने चितवनको सौराहाभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिने सम्भावना रहेको पटेर्वासुगौलीका शिक्षक सुभाषप्रसाद दास थारूले बताए।
शिक्षक थारूका अनुसार पर्साका पर्यटकीयस्थलहरू प्रचारप्रसारको अभावमा ओझेलमा परेका बताउँदै पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने रामभौरीभाठामा हात्तीबाट जङ्गल सफारी तथा विभिन्न प्रकारका जीवजन्तुको अवलोकन भ्रमण गर्ने सकिने, माछापोखरी, पहाडको काखमा रहेको समीको रूखमुनि भएर बग्ने गङ्गोत्री नदीबाट देशविदेशका पर्यटकलाई लोभ्याउन सकिने
बताए।
पर्साका पर्यटकीयस्थलहरूनजीकै होमस्टेको विकास गर्न सकिने भएकोले स्थानीय निकायको उदासीनताको कारण पर्सा जिल्ला पर्यटकीयस्थल बन्न नसकेको बुद्धिजीवीहरू टिप्पणी गर्छन्।

0 comments: