Wednesday, November 27, 2019

कक्षा आठका छात्राहरूले साइकल नपाएपछि गुनासो गर्दै

प्रस, बिरुवागुठी, ११ मङ्सिर/
    पर्साको ग्रामीण भेगस्थित सामुदायिक विद्यालयका कक्षा आठमा अध्ययनरत छात्राहरूलाई प्रदेश २ सरकारले वितरण गर्ने भनिएको साइकल अहिलेसम्म पनि वितरण हुन सकेको छैन।
    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले चलाएको ‘बेटी पढाई बेटी बचाई’ अभियान अन्तर्गत सामुदायिक विद्यालयका कक्षा आठमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण नगरिएको विद्यालयका छात्राहरूले गुनासो गरेका छन्।
    साइकल पाउने आशा र अपेक्षा राखे तापनि हालसम्म पनि प्रदेश सरकारबाट साइकल लिएर कोही नआएको पर्सागढी नगरपालिका वडा नं ३ स्थित जनता माध्यमिक विद्यालय पकडिया बडनिहारको कक्षा आठमा अध्ययनरत छात्रा सुस्मिता चालीसेले बताइन्। उनले अरू विद्यालयका छात्राहरूले साइकल पाएको सुनेका थियौं, हामीले पनि आश ग¥यौं तर हालसम्म निराश हुनुपरेको गुनासो गरिन्।
    नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बडेरवाका प्रधानाध्यापक चेतमन दास थारूले आप्mनो विद्यालयका छात्राले पनि साइकल नपाएको तर गत हप्ता प्रदेश सरकारबाट आप्mनो विद्यालयको निरीक्षण भएको बताए। प्रदेश सरकारले बाँकी रहेका विद्यालयहरूको लागि साइकल खरीद गर्न चाँडै टेन्डर आह्वान गरी वितरण गर्ने आश्वासन दिएको उनले बताए।
    पर्साको ग्रामीणका जनता मावि पकडिया बडनिहार, नेपाल राष्ट्रिय मावि बडेरवा, सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत दीपनारायण मावि औराहा पंचगावाँ, पटेर्वासुगौली गाउँपालिकास्थित नेपाल राष्ट्रिय मावि रङ्गपुर टाँडी र नेपाल राष्ट्रिय मावि सुगौलीदापका सामुदायिक विद्यालयका कक्षा आठमा अध्ययनरत छात्राहरूले हालसम्म पनि साइकल पाएका छैनन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us