Friday, November 8, 2019

नकारात्मकता नै वर्तमान साहित्यको बीजतŒव हो ?

सञ्जय मित्र
    साहित्यको उत्पत्तिको कारणको विषयमा पूर्वीय साहित्यशास्त्रहरूले व्यक्तिभित्र निहित प्रतिभा हो । प्रतिभापछि साहित्य जन्मिने कारण व्युत्पत्ति र तेस्रो कारण अभ्यास मानेका छन् । पाश्चात्य साहित्यशास्त्रीहरूले भने अनुकरणलाई पनि साहित्य जन्मिने कारण मानेका छन् । अनुकरणले जीवनको अनुकरणलाई भनेका छन् । आत्मीय चेतना र सामाजिक परिवेश पनि साहित्यहेतु हुन्, पाश्चात्य साहित्य सिद्धान्तकारको दृष्टिकोणमा ।
    साहित्यको प्रयोजन वा साहित्यको उद्देश्यको विषयमा व्यापक विवाद रहेको छ । पूर्वीय काव्यशास्त्र अर्थात् साहित्यशास्त्रमा धर्म, अर्थ, काम र मोक्षलाई साहित्यको प्रयोजन मानिएको छ । यसैगरी, यश, आयु, कल्याण, बुद्धिविलास र लोकलाई उपदेश दिनु पनि साहित्यको प्रयोजनको रूपमा स्वीकारिएको छ । व्यवहारज्ञान, अमङ्गलनाश, परमानन्द, कान्तासम्मित, अन्तश्चमत्कारलाई पनि पूर्वीय साहित्यमा साहित्यको प्रयोजन स्वीकारिएको छ । बहुजन हितायलाई पनि पाश्चात्य साहित्यमा साहित्यको प्रयोजन थपिएको छ । नैतिक सन्तुष्टि, अहम्को प्रकाशन, धार्मिक दृष्टिले सुधारमुखी उपदेश, आत्मसन्तुष्टि, उदात्तता, सामाजिक उत्थान, सौन्दर्यको अभिव्यक्तिलाई साहित्यको प्रयोजन मानिएको देखिन्छ ।
    साहित्यको उद्देश्य यदि यति नै हो भने अहिले साहित्य लेखिन्छ किन ? पूर्वीय तथा पाश्चात्य साहित्यका विद्वान्हरूले तोकेबमोजिम तथा देखाएबमोजिमका उद्देश्यहरूमा आधारित साहित्यको सिर्जना यति धेरै गरिएका छन् कि यिनीहरूबारे अब साहित्य लेखिनु औचित्यहीन छ । आत्मप्रकाशन वा आत्मसन्तुष्टिलाई यदि छोड्ने हो भने अन्य उद्देश्य वा प्रयोजनसँग सम्बन्धित यदि धेरै साहित्य लेखिसकिएका छन् कि लेखिनुको औचित्य छैन । साहित्यका अनेक विधामा विश्वभरि यति धेरै साहित्य लेखिएका छन् कि सबैको अध्ययन र पठनले साहित्यको उद्देश्य पूरा गर्न सक्छ । साहित्यको अध्ययन र पठनको संस्कृति पहिलेअनुरूप नै छ त ?
    शिक्षा र चेतना बढेको मानिन्छ किनभने प्रमाणपत्रधारीको सङ्ख्या बढेको छ । शैक्षिक योग्यताका वैयक्तिक विवरणहरू बढ्दै जाँदा साहित्यको पठन र अध्ययन बढ्न सकेको छैन । शिक्षाले चेतना बढाउँछ भन्ने कुरा सत्य हो तर साहित्यको चेतना वा अध्ययनको चेतनामा वृद्धि गर्दछ भन्ने कुरो होइन । हरेक जिल्लामा यति धेरै कलेजहरू खुलेका छन् तर कुनै पनि जिल्लामा साहित्यका कृति कति बिक्री भएका छन् भन्ने तथ्यबाट पनि प्रस्ट छ ।
    साहित्यको लेखनमा कमी आएको छैन । साहित्यको पठनमा पनि तुलनात्मकरूपमा वृद्धि नै भएको हो । जनसङ्ख्या अत्यधिक बढेको कारण साहित्यसिर्जनामा केही वृद्धि भएको हो । साथै साहित्यसिर्जनामा केही मानिसहरू निकै तल्लीन भएर लागेका छन् । भाषा र साहित्यको सेवा गर्ने निष्काम व्यक्तिहरूको निरन्तरको प्रयासले आपूmलाई र अरूलाई पनि साहित्यको सेवामा लगाउने गरेका छन् ।
    साहित्य लेख्नेहरूले लेखिरहेका छन् । निरन्तर लेखिरहेका छन् । लेख्नेहरूलाई विषयवस्तुको कहिल्यै कमी हुने गरेको छैन । साहित्य लेख्नेहरूले विषयवस्तुलाई नयाँ रूपमा प्रस्तुत गर्ने गरेका छन् । नयाँ विषयवस्तु पनि पस्किने गरेका छन् । पुरानालाई नयाँ रूपमा पनि प्रस्तुत गर्ने गरेका छन् ।
    वास्तवमा साहित्यमा के लेखिने गरेको छ ?
    साहित्यमा लेखिनुपर्ने सबै कुरा पहिले नै लेखिसकेका छन् र अब केही पनि लेखिनलाई बाँकी छैन भन्नेहरूले पनि साहित्य लेख्ने गरेका छन् । साहित्यको मूल विषयवस्तुमा नकारात्मकता हुनुपर्छ वा हुनैपर्छ । जतिसुकै सानो वा लघुरचना भएपनि त्यसमा दुई प्रकृति हुनु अनिवार्य छ । साहित्यमा विरोधाभास हुनैपर्छ । हो, आत्मप्रकाशन वा आत्मसन्तुष्टि यदि सार्वजनिक प्रकाशनका लागि होइन भने द्वन्द्व हुनुपर्दछ । त्यो द्वन्द्व भनेको विरोधाभास पनि हो । साहित्यमा विरोधाभासको ठूलो महŒव छ । नकारात्मकता नै साहित्यलाई दिने जीवनमार्ग हो । के नकारात्मकता नै वर्तमान साहित्यको बीजतŒव हो त ?
    यात्रासाहित्य वा नियात्रा लेख्नेहरूले आपूmले देखेको र आपूmले भोगेको संसार देखाएर दुई परिवेशको आन्तरिक सङ्घर्षलाई उजागर गरेका हुन्छन् । कतैको मोहकतालाई प्रस्तुत गर्दा पढ्नेको मोहकतालाई अझ आकर्षित गरेको हुन्छ, जसले गर्दा पाठकमा साहित्यप्रति अभिरुचि वृद्धि हुन्छ । साहित्यको लेखनमा आप्mनो अभिरुचिको जति महŒव हुन्छ, अरूको अभिरुचिको पनि उत्तिकै महŒव हुन्छ । आत्मप्रकाशनले पनि अरूलाई प्रभावित पार्नुपर्दछ, यदि यो प्रकाशनयोग्य छ भने । हो, आत्मप्रकाशन वा सन्तुष्टिको लागि गरिने लेखनमा प्रकाशनतŒव रहन्छ भने अरूले पढ्ने के वा अरूले किन पढ्ने भन्ने पक्ष उत्तिकै बलियो भएर आउँछ ।
उसो भए साहित्यको वर्तमान बीजतŒव नकारात्मकता नै हो त ?
    एकजना साहित्यकारले के पनि भनेका छन् भने साहित्यको मुख्य विषयवस्तु अहिले भ्रष्टाचार हुन पुगेको छ । नैतिक भ्रष्टाचारलाई वर्तमान साहित्यबाट झिकिदिने हो भने लेख्न र पढ्नलाई शायदै साहित्य रहन्छ वर्तमानका । जताततै मान्छेका नैतिकतामाथि प्रश्न उठाइएका छन्, द्वैध चरित्रको पर्दाफास गरिएको छ, आचरणको घाम र छाया गरी दुई पाटोलाई देखाएका छन्, उज्यालोको अनुहार र अँध्यारोको चरित्रलाई रेखाङ्कन गरिएका छन्, सिद्धान्त र व्यवहारको विपरीतताप्रति प्रश्न उठाइएका छन्, जीवनको लक्ष्य र बाटोप्रति कटाक्ष गरिएका छन् । वास्तवमा यी कुराहरूलाई विचार गर्दा ती साहित्यकारका कुरामा विश्वास गर्न मन लाग्छ ।
    उसो भए साहित्य लेख्न बन्द गर्नु राम्रो हुन्छ त ? कदापि होइन । जसरी हरेक बालकलाई कुनै पनि शिक्षा प्रारम्भदेखि नै सिकाइन्छ वा सुरुआत गरिन्छ । त्यसैगरी, साहित्यमा लेखिएका कुराहरू पनि समयानुकूल फेरिफेरि र फेरि लेखिंदै जानुपर्दछ । हरेक वर्तमानले साहित्यमा आप्mनो भूमिकाको खोजी गर्नुपर्दछ । हरेक नकारात्मकतामाथि नकारात्मक साहित्य लेखिनुपर्दछ, जसमा सकारात्मकताको उज्यालो आशा होओस् । जबसम्म सबै किसिमका अँध्याराहरू हट्दैनन्, तबसम्म साहित्यमा पनि नकारात्मकता प्रमुख भएर आउनुलाई अस्वाभाविक मानिनुहुन्न । हो, अत्यधिक अँध्यारो समयमा अत्यधिक उज्यालोको आवश्यकता पर्दछ । कहिलेकाहीं उज्यालोलाई पनि उज्यालोको आवश्यकता पर्दछ । हो, सकारात्मक गन्तव्यलाई पनि सकारात्मक बाटो चाहिन्छ । सकारात्मक बाटोलाई पनि सकारात्मक विचार भएका बटुवा चाहिन्छ । सकारात्मक बटुवालाई सकारात्मक वातावरण चाहिन्छ । यस प्रकार सर्वत्र क्षेत्रमा सकारात्मकता भएपनि साहित्यले अझ सकारात्मकता किन खोज्छ भने फेरि कतै नकारात्मकताको बीउ वा अंश त बाँकी छैन ?
    यस अर्थमा नकारात्मकता नहुँदो हो त साहित्य नै जन्मिने थिएन भन्नु साहित्यमाथि अन्याय हो । साहित्यमाथि अन्याय हुँदा पनि साहित्य रमाउँछ । साहित्य किन आप्mनै अन्यायमाथि रमाउँछ भने यसमा त्यो सामथ्र्य रहेको छ । साहित्यका नौ रसमध्ये एक करुण रस पनि हो । करुण रसले रुवाउँछ । हो, यसले सम्पूर्ण क्षेत्रलाई ओगट्दछ भन्नुको कारण यही हो । यसको क्षेत्र विशाल छ वा यो विशालताभन्दा पनि विशाल छ भन्नुको कारण यही हो । जसरी विकासको चाहनाको सीमा हुँदैन, उसैगरी साहित्यको सीमा पनि सीमाविहीन छ । यसले नकारात्मकता मात्र बोक्दैन । नकारात्मकतालाई पनि चिनाउन नकारात्मकता बोकेको हो । जसरी अँध्यारोलाई पनि आप्mनो अनुहार देखाउन उज्यालो चाहिन्छ अर्थात् अँध्यारोको फोटो खिच्न पनि उज्यालो त चाहिन्छ नि । वर्तमान साहित्यमा देखिएको समाज सुधारको घनीभूत चाहनाले समाजमा चेतनाको एउटा नवीन प्रवाह
ल्याइरहेको छ, जसको प्रवाहमा आपैंm समाज हेलिएको थाहा पाएको छैन । कहिलेकाहीं आपूm गतिशील भएको थाहै हुँदैन र अरूलाई देखेपछि उही
गतिशील लाग्दछ, आकाशमा कहिलेकाहीं चन्द्रमा हिंडेको र बादल स्थिर
बनेकोजस्तै । आपूm बसेको र रेलबाहिरको सबै दृश्य गतिमान बनेको जस्तै भ्रम साहित्यमा नकारात्मकताको सन्दर्भ पनि हो कि ?

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us