Saturday, November 9, 2019

१२ जना महिलासहित ६८ जनाद्वारा रत्तदान

नरेश यादव, पर्सागढी, २३ कात्तिक/
    वीरगंज महानगरपालिकाको वडा नं ३१ नौकाटोलको न्यू डाइमन्ड युवा क्लबको आयोजनामा क्लबका अध्यक्ष शेख सदामको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
     कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य जन्नत अन्सारी थिए । “रक्तदान  गरेर रक्त कम हुँदैन रक्तदान जीवन दान हो । हामीहरूले गरेको रक्तदानले धेरैजनाको जीवन बाँच्न सक्छ । त्यसैले हामी सबैले दिल खोलेर रक्तदान गरौं,” सांसद अन्सारीको अपील थियो । समाजवादी पार्टी जिल्ला सदस्य जितेन्दप्रसाद यादवले रक्तदान गरेर कार्यक्रमको सुरुआत गरेका थिए ।
    कार्यक्रममा ६८ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका अधिकृत सौरभराज पाण्डेले  बताए ।
    सो अवसरमा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेकमहमद अन्सारी, वडाध्यक्ष चुमनप्रसाद गौरो, शसस्त्र बेस क्याम्प सोलखपुरका सई कमल पुरी, सुलमान अन्सारी लगायतको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us