Sunday, November 17, 2019

शिक्षकको असर

अनन्तकुमार लाल दास
    विद्यालय परिसरभित्र सिसिटिभीबाहेक अन्य पक्षहरू पनि छन्, जसबारे विमर्श गर्न त्यत्तिकै आवश्यक रहेको छ । सिसिटिभी प्रविधिको एउटा पाटो हो, जसले गर्दा विद्यालय परिसरभित्रको पठनपाठनको तौरतरीका र असर नै फेर्दै गएको छ । कम्प्युटर कक्षा र त्यससँग जोडिएका गृहकार्यले पछिल्ला दशकमा पुस्तक पठनको शैलीमा फड्को मारेको छ । पहिला कम्प्युटर कक्ष र शिक्षकको बारेमा परिकल्पना पनि गर्न सकिंदैनथ्यो । त्यसैसँग जोडिएर आएको छ प्रोजेक्टर, जहाँ पावर प्वाइन्ट प्रेजेन्टेशन, वृत्तचित्र प्रदर्शन जस्ता गतिविधि जोडिएका छन् । कतिपय विद्यालयमा हाजिरीको अभिलेख यिनै कम्प्युटर प्रविधिमार्पmत् राख्न थालिएको छ । स्तरीय शिक्षाको निमित्त विद्यालयको शैक्षिक प्रशासन चाहे त्यो सरकारी होस् वा निजी प्रविधिको उपयोगिताप्रति उत्सुक देखिएको छ । त्यसैले यसको असरबारे पनि बिस्तारै विमर्श मुखर हुन थालेको छ ।
    हावर्ड विश्वविद्यालयका प्रोफेसर रबर्ट रोशेन्थेलले संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयमा गजबको अनुसन्धान गरे । उक्त अनुसन्धानको विषय थियो, शिक्षकले कक्षाका कुनै विद्यार्थीलाई तिमी सफल हुन सक्छौ भनेर विशेष जोड दिंदा वा हौंस्याउँदा त्यसको परिणाम के हुन्छ भनेर हेर्नु थियो । याद राख्नुपर्ने कुरा के हो भने हामीकहाँ पनि शिक्षकहरूमा यस्ता स्वभाव प्रशस्त पाइन्छन् । त्यसले गर्दा यस प्रकारका अध्ययनको निचोड हाम्रोलागि पनि त्यत्तिकै सान्दर्भिक देखिन पुग्छ । प्रोफेसर रोशेन्थेलले विद्यार्थीहरूको एउटा सामान्य आइक्यू परीक्षा लिए तर उनले त्यहाँका शिक्षकलाई चाहिं यो आइक्यू क्षमता भएका र भविष्यमा साँच्चै नै केही गर्न सक्ने बालबालिका छान्नका लागि हावर्डले विकास गरेको विशेष परीक्षण पद्धति हो भनेका थिए । परीक्षापछि सामान्य तरीकाले केही विद्यार्थीहरू छनोटमा परे । उनले ती विद्यार्थीलाई अरू विद्यार्थीसँगै राखे । अरूमा केही फरक परेन । उनले भने, मैले छनोट गरेका बालबालिका विशेष क्षमता सम्पन्न हुन्छन् । चाँडै नै उनीहरूले विशिष्ट उपलब्धि हासिल गर्नेछन् भने । प्रोफेसर रोशेन्थेलले त्यसपछिका दुई वर्षसम्म निरन्तर अनुगमन गरे । प्रोफेसरले त्यहाँका शिक्षकहरूमा जगाइदिएको अपेक्षाले साँच्चै नै काम ग¥यो । उनले छानेका विद्यार्थीको आइक्यूमा एकदमै ठूलो अन्तर आयो ।
    “यो जादू होइन, मनका कुरा बुझ्ने कला पनि होइन,” प्रोफेसरको बुझाइ थियो । बरु विभिन्न किसिमका चिकित्सा जस्तै यो मानिसको उपचारको एउटा विधि हो । शिक्षकको अपेक्षाले विद्यार्थीको क्षमता बढ्छ भन्ने कुरा अनुसन्धानले पुष्टि गरेपछि अर्को प्रश्न उभियो, “शिक्षकहरूले सही अपेक्षा चाहिं कसरी राख्ने त ?” यस प्रश्नको उत्तर घोत्लिनुपूर्व एकछिन वीरगंजकै एउटा अनुभव सुनाउँछु । एकजना विद्यार्थीको बारेमा तिनका कक्षा शिक्षकले सधैं गुनासो गथ्र्ये । त्यसैका आधारमा त्यस विद्यालयका प्रधानाध्यापकले तिनका अभिभावकलाई विद्यार्थीको अवस्था र स्तरप्रति सजग गराइरहन्थे । कैयौंपटक यस्तोक्रम दोहोरियो । स्वाभाविकरूपमा कक्षामा जस्तै घरमा पनि विद्यार्थीले प्रशस्तै गाली खानुप¥यो । यस परिस्थितिमा विद्यार्थीको ध्यान पढाइप्रति केन्द्रित हुन सकिरहेको थिएन । उसमा चिडचिडा स्वभाव पनि बिस्तारै बढ्दै गयो । साथीहरूसँग पनि उसको दूरी बढ्दै गयो । उक्त विद्यार्थीको यस्तो अवस्थाबारे एक कक्षा साथीमार्पmत् उसको एक आफन्तले थाहा पाए । आफन्तले बडो आत्मीयतापूर्वक उसका समस्याहरूको बारेमा बुझ्न खोजे । निकै कुराहरू छर्लङ्ग भएर आयो । भएको के रहेछ भने ती विद्यार्थीको घरमा अध्ययनको वातावरण थिएन । पारिवारिक वातावरणले तनाव भइराख्थ्यो । उता कक्षा शिक्षक अध्यापनमा अब्बल रहे पनि उनी एकोहोरो स्वभावका थिए । उनले जुन विद्यार्थीको अगाडि जे जस्तो धारणा बनाएका हुन्थे, त्यसैमा अडिरहन्थे । शिक्षक आप्mनो विद्यालयको प्रधानाध्यापकको अत्यन्त विश्वासिला थिए । उसको विषयगत योग्यता र पढाउने शैलीबाट प्रधानाध्यापक मख्ख थिए । यस पृष्ठभूमिमा ती कक्षा शिक्षकबारे आएका गुनासाहरूलाई प्रधानाध्यापकले बेवास्ता गर्दथे । प्रधानाध्यापकलाई लाग्थ्यो यो कुनै योजनागतरूपमा शिक्षकको छवि खराब गर्ने काम हुँदैछ । विद्यार्थीका आफन्तले पहिला प्रधानाध्यापकसँग कुरा गरे । तर जिद्दी स्वभावका अडान लिइराख्ने प्रधानाध्यापकले आप्mनो कक्षा शिक्षकको दाँजोमा ती आफन्तको कुरा पत्याएनन् । प्रधानाध्यापकले बेवास्ता गरिरहे । उता कक्षा शिक्षकको मनमस्तिष्कमा ती विद्यार्थीप्रति बनिसकेको धारणा दृढ बन्दै गयो । जसको कारण दिनहँु ती विद्यार्थी कुटाइ खान थाल्यो । स्थिति झन् जटिल र भयानक हुँदै गयो । यी सबै घटनाक्रमबाट परिचित ती आफन्तले समस्या समाधानका लागि त्यही विद्यालयका अर्को शिक्षकबाट सहयोग लिने रणनीति बनाए । त्यो शिक्षक र कक्षा शिक्षक दुवैजना मिल्ने साथी थिए । दुवैबीच खुला र आत्मीय गफ हुन्थ्यो । यस्तोमा शिक्षकले ती विद्यार्थीप्रति अलि फरक व्यवहार गरेर हेर त भनेर ती कक्षा शिक्षकलाई सुझाए । त्यही अनुसार कक्षा शिक्षकले ती विद्यार्थीलाई मीठो भाषामा भने, गत वर्ष तिमीले राम्रो मिहिनेत गरेका थियौ । तिम्रो उपस्थिति पनि राम्रो थियो । साथीहरू पनि तिमीलाई मन पराउँथे । यसपटक पनि तिमी राम्रो गर्न सक्छौ । मैले तिमीलाई के सहयोग गर्न सक्छु तिमी मलाई विनाहिचकिचाहट भन । यता विद्यार्थी चकित प¥यो । उसलाई आप्mनो कक्षा शिक्षकले भनेको कुराको विश्वास नै भइरहेको थिएन । अहिले सुन्छु त्यो विद्यार्थीले आप्mनो कक्षामा राम्रो परिणाम ल्यायो । कक्षा शिक्षकको राम्रा विद्यार्थीहरूको सूचीमा त्यो विद्यार्थीको पनि नाम छ । यसले के देखाउँछ भने शिक्षकको बोली, व्यवहारले पनि विद्यार्थीमा बदलाव ल्याउन औषधिको काम गर्दो रहेछ । ससाना देखिने यस्ता कुराहरूले शिक्षक, विद्यार्थी र अभिभावक तीनवटै पक्षलाई तनावमा राखेको हुन्छ भने यता सानो सुझावले तीनवटै पक्षलाई खुशी पु¥याइरहेको हुन्छ । यो घटनाले हाम्रै शहरका अन्य विद्यालयका धेरै समस्याहरूसँग निकटता राख्छ । यिनै पृष्ठभूमिमा विद्यालय परिसरभित्र प्रविधिको प्रयोगसँगै शिक्षकको व्यवहारको पनि असर औचित्यपूर्ण हुन जान्छ ।
    अनुसन्धाता रबर्ट पियन्टा र उनका साथी शिक्षकहरूले कक्षामा पढाउँदा थुप्रै भिडियो टेपहरूको सूक्ष्म अध्ययन गरे र त्यसका आधारमा शिक्षकहरूका लागि उपयुक्त व्यवहारका केही सूत्र फेला पारे । यस्ता अरू पनि धेरै तरीका, विधि र उपायहरू हुन सक्छन् तर यसै सन्दर्भमा पियन्टाले एउटा उदाहरण दिए । मानौं मैले एउटा प्रश्न सोधें । एउटा विद्यार्थी  ‘मलाई थाहा छ, मलाई थाहा छ’ भनेर चिच्याउन थाल्यो । यस्तो बेला परिस्थितिलाई काबुमा राख्न शिक्षकसँग मूलतः दुईवटा उपाय हुन्छन् या त उनले उसलाई कठोर तरीकाबाट अनुशासनमा राख्नुपर्छ, या त उसलाई कुरा भन्न दिनुपर्छ । पियन्टाको अनुभवमा ‘तिमी आप्mनो ठाउँमा बस, पालो आएपछि भन’ भन्नु ठीक होइन । बरु उसको फुर्काइको व्यवस्थापन गर्नुपर्छ । पियन्टाको अनुसन्धानले देखाएको सही प्रतिक्रिया हो, “ल ल भन । तर एउटा कुरा चाहिं के भने यो भनिसकेपछि तिमी शान्त भएर बस र अर्कोपटक चाहिं हात उठाएर मात्र बोल ।”
    अमेरिका मत सर्वेक्षणहरूको देश हो । कुन देश कति सम्पन्न छ, त्यो त्यहाँ भइराख्ने अध्ययन र सर्वेक्षणहरूको मात्राले देखाउँछ । विकसित देशमा विभिन्न किसिमका मत सर्वेक्षणहरू अनवरत् चलिरहन्छन् र त्यसैबाट समाजको सोचाइ, प्रवृत्ति, व्यवहार, समस्या आदिका बारेमा थाहा पाउन र समाधानका उपाय अपनाउन सकिन्छ । त्यस्तै, एउटा मत सर्वेक्षण अनुसार आप्mना सन्तानलाई पढाउने शिक्षकलाई अमेरिकीहरू मन पराउँछन्, राम्रो ठान्छन् । यस अनुसन्धानले देखाए अनुसार शिक्षकहरूले निम्न तीन किसिमका सङ्गत बढाएर उनीहरूको सम्मान अझ बढ्छ । विद्यार्थी, अभिभावक र समुदायसँगको  सङ्गतबाट शिक्षकहरूले आपूmलाई अरू उपयोगी, सामुदायिक र फराकिलो व्यक्तिका रूपमा प्रस्तुत गर्न सक्छन् । समुदायभित्र नजीक रहेका शिक्षक आपूm पनि कहिले एक्लो हुँदैन । सहकर्मी र व्यावसायिक व्यक्तिहरूसितको सम्बन्धले शिक्षकको व्यावसायिक क्षमता मात्र हैन प्रतिष्ठा पनि बढ्छ । यसबाट उनीहरू वास्तविकरूपमा शैक्षिकजगत् र पेशागत हकहितका कुरा गर्न सक्ने हुन्छन् ।
    धेरै अमेरिकी शिक्षकहरू राजनीतिबाट टाढा बस्न रुचाउँछन् तर उनीहरूले शैक्षिक क्षेत्रमा भएका कामकारबाई, बजेट कटौती र बढोत्तरी आदिका कुरा बुझिराख्नु राम्रो हुन्छ । मुलुकको शैक्षिक नीतिका बारेमा जानेका शिक्षकको प्रशासनमा पनि इज्जत हुन्छ । एउटा इमानदार र प्रतिबद्ध शिक्षकलाई तिनका विद्यार्थी र अभिभावकहरूले पनि कदर गर्छन् । यतिमात्र कहाँ हो र । अभिभावक र विद्यार्थीमार्पmत् चर्चा पाउँदै यस्ता शिक्षकहरू अन्य विद्यालयका निमित्त पनि मानक बनिरहेका हुन्छन् । एउटा गतिलो र आत्मीय शिक्षकको असर यसरी समाजमा परिरहेको हुन्छ । तिनको व्यवहारले तिनका बारेमा एउटा छवि बनाएको हुन्छ । त्यस छविबाट ती शिक्षकको सामाजिक स्वीकार्यता फराकिलो हुँदै गएको हुन्छ । यसले के देखाउँछ भने शिक्षकले पार्ने प्रभाव वा असरले गर्दा त्यो शिक्षक र विद्यालयकै चिनारी विकसित हुँदै जान्छ तर हामीकहाँ यस्ता अध्ययनहरू न त सरकारी, न त गैरसरकारी संस्थाहरूले नै गरिरहेका हुन्छन् । स्वयम् विद्यालयहरूले पनि आप्mनै पृष्ठपोषणका लागि यस्ता अध्ययनमा लगानी गर्न चाहँदैनन् । यस्ता अध्ययनमा लाग्ने खर्च मूलतः पूर्वाधारमा खर्चिने लगानी मात्र होइन, त्यसको नतीजाले कुनै पनि विद्यालयलाई सकारात्मक दिशामा जान टेवा दिन्छ र अन्ततोगत्वा विद्यालयले नै लाभ पाउँछ ।
    जुन स्थानीय घटनाको चर्चा गरें, त्यसबाट निस्कने पाठ के के हुन्, त्यसका बारेमा पनि सोचौं । प्रधानाध्यापक र शिक्षक एक अर्थमा ठीक गरिरहेका हुन्छन् । तर पृष्ठपोषण प्राप्त गर्ने कुनै आन्तरिक संयन्त्र नभएको हुँदा प्रअले आप्mना सुयोग्य शिक्षकमाथि अत्यन्त विश्वास गर्छन्, त्यही मनोविज्ञानबाट प्रअ अडान लिइरहन्छन्, जो अभिभावकको दृष्टिमा एउटा जिद्दी प्रअको र एकोहोरो शिक्षकको छवि बन्न गएको हुन्छ । तर जब कक्षा शिक्षकले आप्mनै साथीबाट सही सुझाव पाउँछ र त्यस अनुसार कक्षा शिक्षकले आप्mनो व्यवहारमा सुधार गर्छ भने त्यसबाट प्राप्त हुने असर देखेर तीनवटै पक्ष चकित हुन्छन्–प्रअ, शिक्षक र विद्यार्थी । यसले के देखायो भने हामीले अमेरिकामा जस्तो आवधिक सर्वेक्षण गर्न नसकेपनि शिक्षकहरूको प्रभाव र असरबारे आन्तरिक सर्वेक्षण स्वयम् एउटा जिम्मेवार प्रअले गर्न सक्छन् र आप्mनो विद्यालयको साखको श्रीवृद्धि गर्न सक्छन् । अहिलेका स्थानीय सरकारहरूले यस्ता सर्वेक्षणहरूका लागि मार्गदर्शन र स्रोत उपलब्ध गराउन सक्छन् । सहज र सरल तरीकाले पनि सर्वेक्षण गर्न सकिन्छ । जसरी केही प्रश्नोत्तर तयार गर्ने, जसमा विद्यार्थीहरूले आप्mनो नाम नलेखीकन नै त्यसको जवाफ प्रअले प्रत्येक कक्षाबाट सङ्कलन गर्न सक्छन् । यसो गरिंदा कक्षा कोठाभित्र अरू शिक्षकहरू रहनुहुन्न । यसरी आएका जवाफहरूको प्रअले प्रवृत्तिगत विश्लेषण गरी निस्केका निष्कर्षहरूलाई आप्mनो विवेक र अनुभवका आधारमा संशोधनको मार्गचित्रका रूपमा ग्रहण गर्न सक्छन् । यसरी शिक्षकको असर बढाउँदै गर्दा तिनको गरिमा र महिमाको पनि ख्याति बढ्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us