Sunday, November 10, 2019

सर्वोच्चमा आइतवार पनि पेशी चढेन, सडक फराकिलो गर्ने कार्य मङ्सिर १० गतेसम्मको लागि ट¥यो

प्रस, वीरगंज, २४ कात्तिक/
    वीरगंजको मेनरोड फराकिलो गर्ने विषयमा सर्वोच्च अदालतमा परेको रीटमाथि आज पनि मुद्दा पेशीमा चढेन । सर्वोच्च अदालतका न्यायाधीशको अनुपस्थितिमा कात्तिक ४ गतेको मुद्दाको पेशी कात्तिक २४ गतेको लागि सारिएको थियो ।
    आइतवार पनि सर्वोच्चमा मुद्दा पेशीमा नचढेपछि मङ्सिर १० गतेको लागि तारेख दिइएको वीरगंज बचाउ सङ्घर्ष समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले बताए । सर्वोच्च अदालतमा वीरगंजको मेनरोडका करीब ४३ जनाले मुआवजा माग गर्दै सर्वोच्चमा असोज ७ गते दिएको रीटमाथि अदालतले असोज ८ गते अर्को आदेश नहुन्जेलसम्म अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
    अल्पकालीन अन्तरिम आदेशको सन्दर्भमा दुवै पक्षलाई कात्तिक ४ गते डाँकिएको र मुद्दा लम्बिंदै अब मङ्सिर १० गतेलाई सरेको छ । अदालतको आदेशको कारण वीरगंजको मेनरोड फराकिलो गर्ने विषयमा व्यापारिक मार्ग योजना (वीरगंज–पथलैया)ले काम अगाडि बढाउन सकेको छैन । आयोजनाले छठपछि सडक फराकिलो गर्ने भनेर सूचना जारी गरेको थियो । सूचनापछि योजनाले सडक फराकिलो गर्नको लागि वीरगंज क्षेत्रमा लगत राख्ने, नापजोख गर्ने कार्य शुरू गरेको थियो तर समितिका पदाधिकारीहरूले सो कार्यमा अवरोध गरेको र सर्वोच्चमा मुद्दामा दिएपछि नापजोख र लगत राख्ने काम रोकिएको छ ।
    आयोजनाका प्रमुख सञ्जय मिश्रले समितिका पदाधिकारी सदस्यहरूले नापजोखमा अवरोध पु¥याएको कारण लगत राख्ने र नापी गर्ने कार्य हाललाई स्थगन गरेको बताए । उनले अदालतको पैmसलापछि कार्य अगाडि बढ्ने बताए ।
    यता वीरगंज विकास सङ्घर्ष समितिको नाममा मेनरोड फराकिलो गर्न युवाहरूको दबाब जारी छ । उनीहरूले हिजो सिटी जुलुस निकालेर मेनरोड फराकिलो गर्न दबाब सिर्जना गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us