Wednesday, November 20, 2019

सेनेटेरी प्याड नहुँदा छात्रालाई समस्या

प्रस, बिरुवागुठी, ४ मङ्सिर/
    स्थानीय निकायले सेनेटरी प्याड उपलब्ध नगराउँदा जनता मावि पकडिया बडनिहारमा अध्ययनरत छात्राहरू विद्यालय जान समस्यामा परेका छन् ।
    पर्सागढी नगरपालिकाले नगर अन्तर्गत सामुदायिक विद्यालयका छात्राहरूको लागि निश्शुल्क सेनेटरी प्याड उपलब्ध गराउँदै आए तापनि दुई महीनादेखि जनता माविका छात्राहरूले प्याड पाएका छैनन् ।
    कक्षा दशमा अध्ययनरत छात्रा पूनम शर्माका अनुसार विद्यालय प्रशासन र नगरपालिकालाई पटकपटक प्याड उपलब्ध गराउन अनुरोध गरेको बताइन् ।
    प्रअ मोहनप्रसाद चौधरीले नगरपालिकालाई छात्राहरूको लागि प्याड उपलब्ध गराउन अनुरोध गर्दा पनि उपलब्ध हुन नसकेको बताए ।
    उपप्रमुख अर्चना चौधरीले छात्राहरूको समस्याबारे आपूmलाई जानकारी नभएको र छिट्टै सेनेटरी प्याड उपलब्ध गराउने बताइन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us