Saturday, November 16, 2019

मातापिता जीवित देवीदेवता हुन्

प्रस, वीरगंज, ३० कात्तिक/
    मानव सेवा आश्रम वीरगंज शाखाको आयोजनामा आमा सेमिनार सम्पन्न भयो । शनिवार नगर सभागृहमा सम्पन्न कार्यक्रमका वक्ताहरूले हरेक छोराछोरीका लागि आपूmलाई जन्म दिने मातापिता जीवित देवीदेवता भएको बताए ।
    मानव सेवा आश्रमका प्रमुख संरक्षक तथा पशुपति विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनको सभापतित्वमा भएको कार्यक्रमका मुख्य वक्ता सङ्घीयसभाका सांसद प्रदीप यादवले मातापिता र मातृभूमिप्रतिको गरिमालाई हरेक मानवले मनन गर्नुपर्ने बताए । सरकारले गर्न नसकेको काम मानव सेवा आश्रमले गरेको भन्दै सांसद यादवले मानव सेवा आश्रम वीरगंज शाखाको भवन दुई/तीन महीनाभित्रै निर्माण शुरू हुने प्रतिबद्धता जाहेर गरे ।
    कार्यक्रमका मुख्य वक्ता मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष्F तथा उत्प्रेरक रामजी अधिकारीले प्रत्येक सन्तानले आप्mनो मातापितालाई भगवान्को रूपमा स्वीकार गर्नुपर्ने बताए । उनले वृद्धाश्रमहरू भोलिका दिनमा क्रमशः बन्द हुँदै जानुपर्छ भन्दै आज आमाबुबालाई आपूmले जस्तो व्यवहार ग¥यो, आप्mनो सन्ततिले पनि त्यस्तै व्यवहार सिक्ने बताए ।
    कार्यक्रमका विशिष्ट अतिथि वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले आश्रमको लागि वीरगंज–१५ मा ९ कट्ठा जग्गा तय भइसकेको जानकारी गराउँदै नापनक्शा तयार गरी छिट्टै भवन शिलान्यास गर्ने तयारीमा महानगर रहेको बताए ।
    आश्रम वीरगंज शाखाका संयोजक दिवेश गुप्ताले सहजीकरण गरेको कार्यक्रममा अभिभावक परिवारका संयोजक डा. दीपक शाक्य, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, गौतम माविका संस्थापक प्रिन्सिपल उर्मिला लामा, डा. अशोक दास, डा. लक्ष्मी थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    सो अवसरमा महानगर क्षेत्रका विद्यालयका कक्षा ९ देखि १२ सम्मका बालबालिका, शिक्षक र चिकित्सकहरूको उल्लेखनीय सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us