Saturday, November 9, 2019

ओमशान्ति भवन उद्घाटन, नागरिक नैतिकवान् हुनुपर्छ –मन्त्री सोनल

प्रस, परवानीपुर, २३ कात्तिक/
    ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको बिर्तास्थित ओम शान्ति भवनको शुक्रवार प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका थिए ।
    भवन उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै मन्त्री सोनलले हरेक नागरिक नैतिकवान् र आध्यात्मिक हुनुपर्नेमा जोड दिए । उनले राजनीतिमा धर्म आवश्यक छ तर धर्ममा राजनीतिक आवश्यक नभएको बताए । उनले यदि सच्चा मनले सबैजना धर्मको साथसाथै आध्यात्मिक हुने हो भने देश विकास र समृद्धितर्पm लम्किने दाबी गरे ।
    ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालकी प्रमुख राजयोगिनी राजदिदीको सभापतित्वमा भएको कार्यक्रममा सङघीय सांसद डा. पुष्पाकुमारी कर्ण, प्रदेश सांसदहरू रमेशप्रसाद कुर्मी, भीमा यादव, मन्जुर अन्सारी, व्यवस्थित वीरगंजका अध्यक्ष दिलीपराज कार्कीलगायतको सहभागिता थियो । ७ धुर क्षेत्रफलमा बनेको भवनमा ७ कोठासहित १५० जना अट्ने सभाहल निर्माण गरिएको छ । ३ वर्षदेखि निर्माण भइरहेको भवनमा करीब डेढ करोड खर्च भएको सेवा केन्द्र सञ्चालिका रविना दिदीले जानकारी गराइन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us