Saturday, November 9, 2019

कुश्ती मेला सम्पन्न

नरेश यादव, पर्सागढी, २३ कात्तिक/
    पर्सागढी नगरपालिकाद्वारा आयोजित विशाल कुश्ती मेला शनिवार सम्पन्न भएको छ ।
    कुश्ती प्रतियोगितामा नेपाल तथा भारतका पहलमानबीच प्रतिस्पर्धा भएको थियो । भारत बिहारका नामी पहलमान अच्छेलाल यादव, वचन यादव, राहुल राय, असीन पैठान, सन्दीप, नेपालका लड्डुप्रसाद यादव, रामबाबू यादव, किसान यादव, मुखतार मियाँलगायतका पहलमानहरू अखडामा भिडेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय नेता अजयकुमार चौरसिया, प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह तेली, ओमप्रकाश सर्राफ, अशोक गुप्ता, मेयर लोकनारायण यादव, बहुदरमाई नपाका मेयर नितेन्द्र साह तेली, उपप्रमुख अर्चना चौधरी, एकदेखि नौसम्मका वडाध्यक्षहरू, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईंलगायतको सहभागिता रहेको कार्यक्रमका सहजकर्ता दिपेन्द्र कँडेलले जानकारी गराए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us