राजेन्द्र आचार्य
तस्वीरमा देखिएका बाराको निजगढ नगरपालिका अन्तर्गत विभिन्न भित्री सडकहरू हुन्। केही वर्षअघिसम्म धुलाम्मे र अव्यवस्थित यी सडक बिस्तारै व्यवस्थित हुँदै गइरहेका छन्। साँघुरा, कच्ची, उबडखाबड, नाला नभएका सडक अहिले हेर्न लायक मात्र भएका छैनन्, मानिसको जीवनलाई सहज बनाउनतर्पm अग्रसर भएका छन्।
चाडबाडको मौका पारेर केही दिन तराईका ग्रामीण परिवेशसँग घुलमिल हुने मौका पाइयो। खासगरी पोखरा बस्न थालेयता घर तराईमैं भएपनि आवतजावत पातलिन थालेको केही वर्ष हुन थाल्यो। पछिल्लो समय ग्रामीण परिवेशमा पनि विकासका केही रेखाहरू कोरिन थालेछन्। यसअघि शहरबजारमा मात्र विकासको अनुभूति हुने गरेकोमा अब ग्रामीण परिवेशमा पनि त्यसको केही लहर छाउन थालेछन्। थुप्रै वर्षसम्म उही भत्केका, बिग्रेका सडकमा अब पिच हुन थालेछ। पिच नै नभएपनि कमसेकम ग्राभेल भने पनि भएका छन्। यो परिवर्तनको तीव्रता पछिल्लो स्थानीय निर्वाचनपछिको हो। आप्mनो गाउँलाई समृद्ध बनाउने र जनतालाई विकासको केही न केही अनुभूति दिलाउनुपर्ने बाध्यता अहिले जनप्रतिनिधिलाई छ। त्यसकै परिणामस्वरूप केही न केही काम भएकै छन्।
कामसँगै अनियमितता र गुणस्तरको चर्चा पनि नभएको होइन। जनप्रतिनिधि भ्रष्टाचारमा चुर्लुम्म डुबे भन्नेसम्मका सामग्रीहरू सञ्चारमाध्यममा आइरहेकै हुन्। तर यहाँ ती तमाम विषयमा भन्दा पनि आँखाले देख्दा परिवर्तन महसूस भएको विषय मात्र चर्चा गर्न खोजिएको हो। अनियमितता र गुणस्तरबारे हेर्ने, छानबीन गर्ने निकाय छन्। यी कामको जिम्मा तिनै निकायलाई सुम्पिन चाहन्छु। नदेखिएका विषयमा नभई यहाँ देखिएका विषयमा चर्चा गर्न खोजिएको हो।
माथि नै उल्लेख गरिएभैंm अहिले जनप्रतिनिधिलाई काम गरेर देखाउने नैतिक र सामाजिक दबाब छ। काम नगरे जनताको विरोधको सम्मान मात्र गर्नुपर्ने होइन, आप्mनो सक्षमतामाथि नै प्रश्न उठ्ने भएकोले विकासको काम त गर्नु नै छ। त्यसमाथि फेरि आउने अर्को चुनावमा भाग लिने आधार पनि कामको मूल्याड्ढन नै हो। त्यसैले विगतका जनप्रतिनिधिभन्दा अहिलेकामा केही न केही कामप्रतिको लगाव देखिन्छ। त्यसमा पनि जनतामा पछिल्लो समय काममा खबरदारी गर्ने प्रचलन ह्वात्तै बढेको छ। काम गर्न नसके विरोधको चरम सामना गर्नुपर्ने भएकोले जनप्रतिनिधिले सकेसम्म त्यो परिस्थिति नआओस् भन्ने चाहन्छन् । अक्षमताको बिल्ला भिर्न कोही पनि चाहँदैनन्। एउटै स्थानीय निकायमा वडैपिच्छे विकासमा प्रतिस्पर्धा छ। अझ युवा जनप्रतिनिधिहरूको जोशको त कुरै नगरौं। नयाँ–नयाँ योजनाका साथ अघि बढिरहेका महसूस हुन्छ। जसले गर्दा परिणाम सकारात्मक निकाल्नमा मदत पुगिरहेको छ। जनप्रतिनिधि र आम सर्वसाधारणमा विकासप्रतिको सचेतनाका कारण धमाधम काम भइरहेका छन्।
ग्रामीण विकासको पछिल्लो वस्तुस्थितिलाई नियाल्दा खासगरी सडकमैं बढी ध्यान दिएको पाइन्छ। विकासको मूल आधार पनि सडक नै हो। सडक नै व्यवस्थित नभए अरू विकासले सार्थकता नपाउने भएकोले जनप्रतिनिधिको पहिलो प्राथमिकता पनि सडकमैं गएको हुनुपर्छ । ग्रामीण सडक धमाधम पिच भइरहेका दृश्यहरू अहिले प्रायः देखिन्छन्। कतै ग्राभेल हाल्ने काम भइरहेको छ भने कतै सडकका दायाँबायाँ नाला बनाएर अझ व्यवस्थित बनाउने काम भइरहेका छन्। पछिल्लो समय सडकसँगै नाला निर्माण, कृषिका लागि नहर तथा कुलो निर्माण, खानेपानीका लागि डीप बोरिङ तथा पाइप विस्तार, शिक्षाका लागि विद्यालयको स्तरोन्नति, स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रहरूको विस्तारलगायतका कामहरू धमाधम भइरहेका छन्। ग्रामीण परिवेशमा विकासको अनुभूति हुने आधार पनि यिनै हुन्। स्थानीय निकायले यस्ता कामका लागि बजेट विनियोजन गरी धमाधम काम गरेकाले विगतको तुलनामा आममानिसमा विकासप्रतिको धारणामा सकारात्मक छाप पर्न गएको देखिन्छ।
स्थानीय निकायको निर्वाचनसँगै त्यसबाट छानिएर आएका जनप्रतिनिधिसँग जनताको अपेक्षा अहिले बढी छ। अस्थिर सरकार र जनप्रतिनिधिविहीन विगतको अवस्थाका कारण विगतमा विकासले गति लिन सकेको थिएन। बहुमतको सरकार र लामो समयपछि जनप्रतिनिधि छानिएर आएकाले जनतामा विकासप्रतिको अपेक्षा ह्वात्तै बढेको छ। यही तुलनामा अधिकांश जनप्रतिनिधिमा पनि काम गर्ने जोश र जाँगर देखिन्छ। जसको फलस्वरूप अहिले हामीले महसूस हुने गरी काम भइरहेको हो। अहिले जनताको अपेक्षालाई सार्थक तुल्याउनु उनीहरूको मुख्य चुनौती देखिन्छ ।
पछिलो समय मानिसमा विकासप्रतिको सचेतना ह्वात्तै बढेको महसूस हुन्छ। सामान्य वडासदस्यबाट समेत मानिसले धेरैभन्दा धेरै कामको अपेक्षा राखेका हुँदा रहेछन्। काम नहुँदाको विरोधको सामना पनि बढीजसो उनीहरूले नै गर्नुपर्दोरहेछ। कतिपय अवस्थामा आप्mनै खर्चले समेत काम गर्नुपरिरहेको छ। जनताको अपेक्षालाई जीवित राख्न पनि त्यसो गर्नुपरेको हो। कतिपय वडासदस्यको अनुभवलाई विचार गर्दा अहिलेका जनप्रतिनिधिमा काम नगरी सुखै छैन। तल्लो तहका प्रतिनिधिसँग त यति धेरै अपेक्षा छन् भने प्रमुख वा उपप्रमुखबाट नहुने त कुरै भएन। काम गर्न प्रशस्तै अधिकार रहेकाले पनि नगर वा गाउँपालिका प्रमुख र उपप्रमुखसँग जनताले विकासमा धेरै अपेक्षा गरेका छन्। त्यतिमात्र होइन, सुशासन र जनताको पक्षमा ऐन, नियम, कानून आओस् भन्ने उनीहरूको अपेक्षा हुने गर्दछ ।
यति भन्दै गर्दा स्थानीय तह अथवा ग्रामीण परिवेशमा सबै राम्रा मात्रै काम भइरहेका छन् भन्ने छैन। खासगरी अहिले अनियमितताको प्रश्न व्यापक
बनेको छ । माथि पनि उल्लेख गरिसके यसबारे हेर्ने निकाय छन्। ती निकायले पनि जनताको अपेक्षा अनुसार पक्कै काम गर्नेछन्।
लामो समयदेखि विकासको अनुभूति गर्न नपाएको जनताले बल्ल केही न केही काम भएको देख्न पाएको छ। यसलाई निरन्तरता मात्र होइन अझ गतिका साथ लैजान आवश्यक छ।

0 comments: