Sunday, November 10, 2019

वीरगंजभन्दा गाउँमा हरियो तरकारी महँगो

प्रस, पर्सागढी, २४ कात्तिक/
    छठपछि सस्तो हुने आशा गरिएको हरियो तरकारी वीरगंज महानगरपालिकाभन्दा ग्रामीण क्ष्Fेत्रमा झनै महँगो भएको छ ।
    वीरगंज महानगरपालिकाका बजारहरूमा खुद्रामा प्रतिकिलो कोभी रु १ सय, भिन्डी रु ६०, परवल रु ७०, गोलभेंडा रु ८०, बन्दा रु ६०, मूला रु २५, भन्टा रु ६०, बोडी रु ८०, हरियो खुर्सानी रु १ सय, आलु रु ५०, प्याज रु  १२० मा उपलब्ध छ ।
    तर पर्सागढी नगरपालिकाका बजारमा कोभी रु १२०, भिन्डी रु १ सय, परवल रु ९०, गोलभेंडा रु १ सय, बन्दा रु १ सय, मुला रु ४०, भन्टा रु १ सय, बोडी रु ९०, हरियो खुर्सानी रु १२०, आलु रु ६०, प्याज रु  १६० मा बिक्री भइरहेको छ ।
    यसैगरी, रायो, तोरी, चम्सुुर, पालुङ्गो साग पनि वीरगंज महानगरको तुलनामा ग्रामीण भेगमा महँगोमा बिक्री भइरहेको छ । यही दरभाउमा पर्साको पोखरिया, सुवर्णपुर, रङ्गपुर, गादीलगायतको बजारहरूमा हरियो तरकारी बिक्री भइरहेका छन् ।   

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us