Monday, November 18, 2019

उपनिर्वाचनमा आचारसंहिताको चरम उल्लङ्घन

प्रस, वीरगंज, २ मङ्सिर/
    पर्साको एक मात्र सखुवाप्रसौनी गाउँपालिका–५ मा हुन लागेको उपनिर्वाचनमा आचारसंहिताको चरम उल्लङ्घन भएको छ ।
    उम्मेदवारी दर्तादेखि अहिलेसम्म राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताको धज्जी उडाउने कार्य गरेपछि मुख्य निर्वाचन अधिकृतले आचारसंहिता पालना गराउने कुरामा कडाइ गराएका छन् । मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलको नेतृत्वमा सोमवार राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई आचारसंहिताबारे जानकारी गराउनुका साथै पालना गराउने कुरामा प्रतिबद्धता जाहेर गराइएको छ ।
    वडा नं. ५ को महुवन, बलुवा, सोलखपुर टोलमा चारजना राजनीतिक दलका र एकजना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदको लागि पर्चा, पोस्टर, ब्यानर आचारसंहिताविपरीत टाँस्ने, बाँड्ने, झुन्डाउने काम गरेकाले सोविरुद्ध मुख्य निर्वाचन कार्यालयले सफाइ अभियान शुरू गरेको छ ।
    आज राजनीतिक दल, उम्मेदवार र सुरक्ष्Fाकर्मीको सहयोगमा तीनैवटा टोलमा आचारसंहिताविपरीतका पोस्टर, पम्पलेट, ब्यानर हटाउने काम भएको छ । राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गर्दा पनि आचारसंहिताको उल्लङ्घन गरेका थिए । दलबल र बाजागाजासहित उम्मेदवारी दर्ता गरिएको थियो ।
    यसैगरी, सभा, समारोहमा पनि निर्वाचन आचारसंहिताले तोकेविपरीत ब्यानर, माइक आदिको प्रयोग भइरहेको छ । निर्वाचन आयोगले वडाध्यक्ष उम्मेदवारको लागि निर्धारण गरेको खर्चको मापदण्डविपरीत पनि भोजभतेर आदि हुँदै आएको छ । चारवटा राजनीतिक दलले पर्साको एउटा वडाध्यक्षमा जिताउन आआप्mनो प्रतिष्ठाको विषय बनाएकाले पनि सखुवाप्रसौनी वडा नं. ५ अहिले पर्सा जिल्लामा चर्चाको विषय भएको हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us