Saturday, November 9, 2019

उद्योग बचाउन र किसानको भुक्तानी दिलाउन सामूहिक पहल गर्नुपर्ने –राजपा नेता झा

प्रस, गरुडा, २३ कात्तिक/
    रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडलाई बचाउन र मिलले विभिन्न आर्थिक वर्षमा किसानसित किनेको उखुको करोडौं भुक्तानी दिन सामूहिक पहल हुनुपर्ने राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य एवं पूर्व उद्योगमन्त्री अनिलकुमार झाले बताएका छन् ।
    उखु उत्पादक सङ्घ रौतहटको आयोजनामा उद्योग प्राङ्गणमा आयोजित उद्योग सञ्चालन एवं भुक्तानी दबाब अन्तत्र्रिmया कार्यक्रममा बोल्दै पूर्व उद्योगमन्त्री एवं प्रतिनिधिसभा सदस्य झाले उद्योगले जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा योगदान दिएको बताउँदै उद्योग बन्द भएपछि हजारौं किसानलाई नोक्सानी हुने भएकोले उद्योगलाई बचाउन सबै पक्षको सामूहिक प्रयास आवश्यक हुने बताएका छन् ।
    नेता झाले किसानले पाउनुपर्ने रकम पनि पाउनुपर्ने र समयमैं उद्योग सञ्चालन गराउन आपूmले सकारात्मक पहल गर्नुपर्ने बताएका छन् । आप्mनो जनाधार किसानहरू भएकाले आवश्यक सबै किसिमको भूमिका खेल्न आपूm तयार रहेको पनि बताएका छन् ।
    कार्यक्रममा नेपाली काङ्ग्रेस रौतहटका सभापति एवं पूर्व सांसद कृष्णप्रसाद यादवले किसान र उद्योगको समस्या लामो समयदेखि रहेको आपूmलाई थाहा भएकोले दबाबले भुक्तानी हुने तर उद्योग सञ्चालनमा सबैको सामूहिक सहयोग आवश्यक पर्ने बताएका छन् । उद्योगसित प्रत्यक्षरूपमा किसान जोडिएको र हजारौंले रोजगार पाएको बताउँदै नेता यादवले उद्योग सञ्चालनमा समस्या आएको देखिएमा सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।
    कार्यक्रममा गरुडा नगरपालिकाका मेयर इन्नुराय यादव, माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र राय यादव तथा वृन्दावन नगरपालिकाका मेयर राम सिनेही राय यादव, स्थानीय तहका वडाध्यक्ष, जननिर्वाचित प्रतिनिधि, राजनीतिकर्मी, किसानसमेतले उद्योगलाई बचाउन र किसानलाई भुक्तानी दिन सबैले आप्mनोतर्पmबाट सकारात्मक योगदान दिन तयार रहेको बताएका थिए ।
    कार्यक्रमको अध्यक्षता गर्दै सङ्घका अध्यक्ष अशोकप्रसाद यादवले अहिलेसम्म पनि उद्योगबाट किसानले पाउनुपर्ने भुक्तानी रकम करीब ४४ करोड रहेको जानकारी गराए । सङ्घका सचिव सफीन्द्रप्रसाद यादवले किसानले पाउनुपर्ने भुक्तानीको लागि सङ्घले बारम्बार पहल गरेको तर उद्योगका सञ्चालकहरूले किसानको कुरा सुन्न तयार नरहेको जानकारी गराए । राजनीतिक पहल भएका किसानको समस्या समाधान हुने र उद्योग सञ्चालन पनि समयमा हुने सचिव यादवले बताएका छन् ।
    किसानले पाउनुपर्ने भुक्तानी मङ्सिर १५ सम्म नभएमा चरणबद्ध आन्दोलनमा जाने निर्णय पनि गरिएको आयोजकले जनाएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us