Sunday, November 10, 2019

स्वर्णिम चलचित्र महोत्सव

    स्वर्णिम चलचित्र महोत्सव सम्पन्न भएको छ । नेपाली चलचित्रको इतिहास ६९ वर्षभन्दा पुरानो छ । यसका विभिन्न कालखण्डहरू छन् । समयसँगै उपलब्ध प्रविधि एवं परिवर्तित राज्य व्यवस्था र अवसरहरूको आधारमा फड्को मार्दै चलचित्र क्षेत्र अगाडि बढिरहेको छ । विसं २००७ सालमा पहिलो नेपाली चलचित्र ‘सत्य हरिशचन्द्र’ भारतको कोलकातामा बनाएर २००८ सालमा नेपालको राजदरबारमा रिलिज भएको थियो । त्यसबेला फिल्म निर्माणको लागि नेपालमा कुनै प्रविधि थिएन । यसरी बनेका चलचित्रहरूमा सत्ताको प्रत्यक्ष चासो हुन्थ्यो । कलाप्रति सत्ताको चासो अति सकारात्मक कुरा हो तर त्यसलाई सेन्सरको रूपमा बुझ्दा नकारात्मक अवस्था हो । शासक वा राज्यसत्ताको भावनाविपरीतका चलचित्र निर्माण हुनै नसक्ने यो सुरुआती अवस्था थियो । स्वदेशी कलाकार लिएर विदेशी कलाकारलाई समेत समावेश गरी फिल्म बनाउनु फिल्म निर्माताहरूका लागि धेरै गा¥हो र खर्चिलो थियो । त्यसताका चलचित्र हेर्नसम्म पहुँच अधिकांश नेपालीको थिएन । जसको थियो, उसले हिन्दीलगायत विदेशी फिल्म हेरिरहँदा आप्mनै नेपाली भाषाको फिल्म हेर्न पाउँदा अहोभाग्य थियो । कोलकातामा हरिशचन्द्र बनेको १३ वर्षपछि ‘आमा’ चलचित्र नेपालमैं बनेको इतिहास छ । अतः नेपालमा बनेको पहिलो नेपाली चलचित्र ‘आमा’ हो । स्वदेशमैं फिल्म बनाउन पाउँदा त्यतिबेलाका नेपाली चलचित्रकर्मीहरूले आपूmलाई भाग्यमानी ठाने होलान् । आप्mनो ठाउँ, आप्mनै माटो पर्दामा देख्न पाउँदा मुलुकवासीले निश्चय नै अगाध अपनत्व महसूस गरे ।
    विसं २०३४ सालदेखि नेपाली चलचित्र रङ्गीन पनि बन्न थाल्यो । पहिलो नेपाली रङ्गीन चलचित्र कुमारी हो । ‘नेपाली चलचित्र क्षेत्रलाई संस्थागतरूपमा विकास गरेर लानुपर्छ’ भन्ने सोचले २०२८ सालतिर मात्रै आकार पाउन थालेको देखिन्छ । ‘नेपाल चलचित्र संस्थान’को स्थापना नै २०२८ सालमा भएको हो । यस्ता हरेक परिवर्तन र उपलब्धिहरूसँगै नेपाली चलचित्रका दर्शकहरूमा खुसीयाली छाउनेक्रम थपिंदो छ । पहिलेका उपलब्धिहरू गुनासायोग्य नभई आशलाग्दा थिए । सत्य हरिशचन्द्रदेखि आमा हुँदै कुमारीसम्म आइपुग्दाका उपलब्धिहरू नेपाली चलचित्रजगत्को लागि महŒवपूर्ण उपलब्धिहरू हुन् । त्यसयता चलचित्रको गुणात्मक प्रगति र नेपाली समाजको विविधता एवं अन्तरकथाहरूलाई समेट्नेतर्पm चलचित्र क्षेत्रको अग्रसरता देखिन्छ । विभिन्न क्षेत्र एवं भाषाभाषी र कला संस्कृतिलाई समेटेर चलचित्र बन्नेक्रम बढ्दो छ । यसले चलचित्र उद्यम र दर्शकबीचको सामीप्यतालाई बढोत्तरी गरेको छ । वीरगंजमा सम्पन्न स्वर्णिम चलचित्र महोत्सवले पनि यसमा टेवा पु¥याएको छ ।
    वीरगंजले समग्रमा मधेसको प्रतिनिधित्व गर्छ । यो मधेसका सबै जिल्ला, क्षेत्र साथै धर्म, समुदाय र भाषाभाषीको सङ्गमस्थल हो । यसर्थ पनि चलचित्रकर्मीहरूले महोत्सवको लागि वीरगंज रोजेको हुनुपर्छ । महोत्सवको क्रममा केही कुरा चलचित्रकर्मीहरूले यहाँका समाजलाई सिकाए भने धेरै कुरा यहाबाट पनि उनीहरूले सिके । चलचित्रका लागि मधेस दर्शकको भण्डार नै हो । तर उनीहरू नेपाली चलचित्रबाट किन टाढा छन् त, भन्नेबारेमा चलचित्र उद्यमी र चलचित्रकर्मीहरूले राम्ररी बुभ्mन पाए । बुझेका कुरालाई व्यवहारमा लागू गर्ने हो भने नेपाली चलचित्र बजारले ठूलै फड्को मार्छ । मधेसी दर्शकले पनि नेपाली चलचित्र क्षेत्रलाई आप्mनो ठान्छ । सार्थकरूपमा पाउनका लागि यस किसिमको कार्यक्रमहरूको निरन्तरता पनि जरुरी छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us