Friday, October 11, 2019

भीष्मपर्व–६४

उमाशङ्कर द्विवेदी
    अनि धृष्टद्युम्नले क्रोधमा भरिएर आचार्यमाथि एउटा गदा हाने । त्यसलाई आचार्यले पचासवटा बाण हानेर बीचमा नै खसालिदिए । यो हेरेर धृष्टद्युम्नले उनीमाथि एउटा शक्ति हाने । त्यसलाई आप्mनो बाणले हानेर काटिदिएर संग्रामभूमिमा धृष्टद्युम्नको दाँत अमिलो पारिदिए । यस प्रकार द्रोण र धृष्टद्युम्नको बीचमा बडो नै भीषण र घमासान युद्ध भयो ।
    यता अर्जुन भीष्मको सामु आएर उनलाई आप्mना तीखा बाणहरूबाट व्यथित पार्न थाले । यो हेरेर राजा भगदत्त आप्mनो हात्तीमाथि बसेर उनको सामु आए । उनले आप्mनो बाणवर्षाबाट अर्जुनको गति रोकिदिए । अनि अर्जुनले आप्mनो तीखो बाणबाट भगदत्तको हात्तीलाई घाइते पारिदिएर शिखण्डीलाई आदेश दिए–अगि बढ्नु, अगि बढ्नु, भीष्मको छेउमा पुगेर उनको अन्त गरिदिनुस् । यति भनेर अर्जुन शिखण्डीलाई अगि पारेर बडो वेगले भीष्मतर्पm हानिए । बस, दुवैतर्पmबाट बडो घोर युद्ध हुन थाल्यो । तपाईंका शूरवीर सैनिकहरू कोलाहल गर्दै बडो तीव्रताले अर्जुनतर्पm दुगुरे तर अर्जुनले तपाईंका त्यस विचित्र वाहिनीलाई छिनमैं कुल्चिदिए । शिखण्डी तत्कालै भीष्मको सामु आई बडो उत्साहका साथ उनीमाथि बाण वर्षाउन थाले । भीष्मले पनि अनेकौं दिव्य अस्त्र हानेर शत्रुहरूलाई भस्म पार्न आरम्भ गरे । उनले अर्जुनका अनुयायी अनेकौं सोमक वीरहरूलाई मारिदिए तथा पाण्डव सेनाको गतिलाई रोकिदिए । कुरै कुरामा अनेकौं रथ हात्ती र घोडाहरू सवारविहीन हुन पुगे । यतिबेला भीष्मको एउटा पनि बाण खेर गइरहेको थिएन । उनी विश्वभक्षी कालको समान भइसकेका थिए । अतः उनको बाणबाट चेदि, काशी र करुष देशका चौदह हजार वीरहरू आप्mनो हात्ती, घोडा र रथसहित रणक्षेत्रमा धराशयी हुन पुगे । सोमकहरूमध्ये एउटा पनि महारथी यस्तो थिएन, जो त्यतिबेला संग्रामभूमिमा भीष्मको सामु परेर आप्mनो जीवनको आशा गर्न सकोस् । त्यसैले उनको मुकाबिलामा जान कसैको पनि हिम्मत भइरहेको थिएन । केवल वीराग्रणी अर्जुन र अतुलित तेजस्वी शिखण्डी मात्र उनको सामु पर्न साहस गर्न सक्दथे ।
    शिखण्डी उनको सामु आई उनको छातीलाई ताकेर दशवटा बाण हाने तर भीष्मले उनको स्त्रीत्वको विचार गरेर उनीमाथि वार गरेनन् तर शिखण्डीले यो कुरा बुभ्mन सकेनन् । अनि अर्जुनले भने– वीरवर, छिट्टै अगि बढेर भीष्मको वध गर्नुहोस् । पटकपटक मैले भन्नुपर्ने होइन, तपाईं महारथी भीष्मलाई छिट्टै मारिदिनुहोस् । म सत्य भनिरहेको छु, युधिष्ठिरको सेनामा तपाईंबाहेक अर्को कुनै पनि वीर यस्तो छैन, जो संग्राममा भीष्मको सामु टिक्न सकोस् । । अर्जुनले यस्तो भनेपछि शिखण्डीले तत्कालै नानाथरीका बाण हानेर भीष्मलाई घाइते पारिदिए तर उनले ती बाणहरूको कति पनि वास्ता नगरी आप्mनो बाणहरूबाट अर्जुनको बाटो थुनिदिए । यसै प्रकार उनले बाणको झरी लगाएर धेरैजसो पाण्डवसेनालाई पनि परलोक पठाइदिए । अर्कोतिरबाट पाण्डवहरूले पनि आप्mना बाणहरूबाट पितामहलाइ ढाकि नै दिए ।
    यतिबेला हामीले तपाईंको पुत्र दुःशासनको बडो अद्भुत पराक्रम हे¥यौं । ऊ एकातिर त अर्जुनको साथ युद्ध गर्दै थियो, अर्कोतिर पितामहको रक्षा गर्नमा पनि तत्पर थियो । यस संग्राममा उसले अनेकौं रथीहरूलाई रथहीन गरिदियो तथा अनेकौं अश्वारोही र गजारोहीहरूलाई आप्mना तीखा बाणहरूले काटी भुइँमा सोत्तर पारिदियो । यति मात्रै होइन, धेरैजसो हात्तीहरू पनि उसको बाणबाट व्यथित भएर यत्रतत्र भाग्न थाले । यतिबेला दुःशासनलाई जित्ने वा उसको सामु जानको लागि कुनै पनि महारथीको आँट आएन । केवल अर्जुन मात्र उसको सामु आउन सके । उनले उसलाई परास्त गरेर भीष्ममाथि धावा गरे । यता शिखण्डी त आप्mनो वज्रतुल्य बाणहरूबाट भीष्ममाथि प्रहार गरि नै रहेका थिए तर त्यस आक्रमणबाट भीष्मलाई कुनै फरक परिरहेको थिएन । उनी शिखण्डीको बाणलाई हाँस्दै थापिरहेका थिए । अनि तपाईंको पुत्रले आप्mना समस्त सेनाहरूसित भने– वीरहरू हो, तिमीहरू चारैतिरबाट अर्जुनमाथि धावा गर । न आतिऔ, धर्मात्मा भीष्मले तिमीहरू सबैको रक्षा गर्नेछन् । यदि सम्पूर्ण देउताहरू पनि एक साथ भेला भएर आएपनि भीष्मको सामु टिक्न सक्दैनन्, अनि पाण्डवहरूको के कुरा ? त्यसैले अर्जुनलाई सामुन्ने आइरहेको देखेर पछाडि न भाग, म स्वयम्ले प्रयत्नपूर्वक उसको सामना गर्नेछु । तपाईंहरू पनि सावधानीपूर्वक मेरो सहायता गर्नुहोस् ।
    तपाईंको पुत्रको जोशपूर्ण कुरा सुनेर सबै योद्धाहरू आवेशमा भरिएर आए । यिनीहरूमा विदेह, कलिङ्ग, दासेरक, निषाद, सौवीर, बाल्हिक, दरद, प्रतीच्य, मालव, अभिषाह, शूरसेन, शिबि, वसाति, शाल्व, शक, त्रिगत्र्त, अम्बष्ट र केकय आदि देशका राजाहरू थिए । यी जम्मैजना एक्कासि अर्जुनमाथि जाइलागे । अनि अर्जुनले दिव्यबाणहरूको स्मरण गरेर धनुषमाथि त्यसको अनुसन्धान गरेर जसरी आगोको लप्काले फट्याङ्ग्रालाई डढाइ दिन्छ, त्यसै प्रकार उनी ती राजाहरूलाई भस्म गर्न थाले । महाराज, त्यतिबेला अर्जुनको बाणबाट घाइते भएर रथको ध्वजाको साथमा रथी, अश्वारोहीको साथमा घोडा र गजारोहीको साथमा हात्तीहरू लडेर खस्न थाले । सम्पूर्ण पृथ्वी बाणहरूबाट ढाकियो । तपाईंको सेना चारैतिर भाग्न थाल्यो । यस प्रकार सेनाहरूलाई रणभूमिबाट लखेटेर अर्जुनले दुःशासनमाथि प्रहार गर्न आरम्भ गरे । उनको बाण दुःशासनको शरीरलाई छेडेर पृथ्वीमा छिर्दथे । अलिक बेरमैं उनले दुःशासनको घोडा र सारथिलाई मारेर खसाले । क्रमशः...।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us