Sunday, October 13, 2019

५ सय घरधुरीलाई खानेपानी समस्या

प्रस, सिम्रौनगढ, २५ असोज/
    बाराको सिम्रौनगढ नगरपालिकाको पाँच सय घरधुरीका स्थानीयलाई खानेपानीको अभाव भएको छ।
    सिम्रौनगढमा रहेको खानेपानी ट्याड्ढीबाट शुक्रवारदेखि पानी आउन बन्द भएपछि खानेपानीको अभाव भएको हो। वडा नं २ को अमृतगंज, रानीवास बजार, ६ को सिम्रौनगढ बजार, सलेमपुर, अमरपुर, कमलपुर, सानो इटवाल, वडा नं ७ को जानकी नगर, खजानीलगायत गाउँका बासिन्दालाई खानेपानीको अभाव भएको हो। धारामा पानी नआउँदा खानेपानीबाट वञ्चित भएको स्थानीयहरूले बताएका छन्। खानेपानी ट्याड्ढीको मुख्य पाइप फुटेकोले पानी आउन बन्द भएको र त्यसको मर्मत कार्य भइरहेको बताइएको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us