Friday, October 11, 2019

पुरानै ढर्राबाट शान्ति–सुरक्षा दुरूस्त नहुने –मुख्यमन्त्री गद्दी

प्रस, वीरगंज, २४ असोज/
    मुख्यमन्त्री लालबाबू राउत गद्दीले पुरानै ढर्राबाट शान्ति सुरक्ष्Fा चुस्तदुरुस्त  बनाउन नसकिने बताएका छन् ।
    नेपाल प्रहरीको ६४औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ ले शुक्रवार जनकपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले प्रहरीलाई प्रविधियुक्त र साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले आप्mनो स्रोतसाधनले भ्याएसम्म प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए ।
    उनले अपराधीहरूले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेको बताउँदै अपराध नियन्त्रणमा प्रहरीलाई प्रविधियुक्त बनाउनुको विकल्प नरहेको बताए । मुख्यमन्त्री गद्दीले देश नयाँ संरचनामा गइसकेको अवस्थामा प्रहरीले पनि परिवर्तनलाई अँगाल्नुपर्नेमा जोड दिए । उनले मुस्कानसहितको सेवालाई थप प्रभावकारी बनाउन प्रहरी अधिकारीलाई निर्देशनसमेत दिए ।
    मुख्यमन्त्री गद्दीले राजनीतिक आग्रह–पूर्वाग्रहबाट जोगिनुपर्नेमा जोड दिंदै दोषी नबचून्, निर्दाेष नफसून् भन्ने कुरालाई आत्मसात गर्न आग्रह गरे ।
    कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरि पुष्करलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    सो अवसरमा अमर प्रहरी स्तम्भमा पुष्पमाला अर्पण गर्नुका साथै अमर प्रहरीका परिवारजन, समाजसेवामा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो भने उत्कृष्ट प्रहरी अधिकारी एवं जवानहरूलाई पुरस्कृत गरिएको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us