Friday, October 11, 2019

रौतहटमा ६४औं प्रहरी दिवस मनाइयो

प्रस, रौतहट, २४ असोज/
    रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुशासन, विकास तथा समृद्धिका लागि शान्ति सुरक्षा अपरिहार्य रहेको बताएका छन् ।
    जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा आयोजित ६४औं प्रहरी दिवसको अवसरमा उनले शान्ति सुरक्षामा सबैको सहकार्य तथा हातेमालो रहेमा स्थानीय तहदेखि देशमैं अपराध न्यूनीकरण हुने बताए ।
    विभिन्न कालखण्डमा प्रहरीले आप्mनो जिम्मेवारी निर्वाह गर्दै आएपनि २०१२ असोज ३१ गतेका दिन प्रहरी ऐनमा लालमोहर लागेकोले प्रहरी दिवस सो वर्षदेखि मनाउन थालिएको उनले बताए ।
    प्रहरी हाम्रो साथी, मुस्कानसहितको प्रहरी, सामुदायिक प्रहरी जस्ता अभियान ल्याइ सरकारले जनता र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउनमा टेवा पु¥याएको उनले बताए ।
    प्रहरीले अपराध हुन नदिने, भएको खण्डमा अपराधीलाई कानूनी दायरामा ल्याउने जस्ता कार्य गर्दै आएकोमा जनताले पनि अपराध हुन नदिन, अपराधीलाई सजाय दिलाउन मदत गर्नुपर्ने अपील गरे ।
    अहोरात्र खटिरहेको प्रहरीलाई अझ सजग र सचेत भई कार्य गर्न उनले निर्देशनसमेत दिए । अमर शहीद प्रहरीलाई सलामी दिंदै उनले पूmलमाला अर्पण गरे ।
    सो अवसरमा गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर, सामुदायिक प्रहरीका अध्यक्ष अवधेशराय यादव, भूपू प्रहरी रामप्रताप सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    इलाका  प्रहरी कार्यालय गरुडाका प्रमुख तुलसीराम अर्यालले प्रहरी प्रमुख सर्वेन्द्र खनालको सन्देश वाचन गरेका थिए ।
    सो अवसरमा जिप्रका रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले रौतहटमा एकजना प्रहरीले ९ सयजनाको सुरक्षा भार खेपिरहेको बताए । एकजना प्रहरीले ३ सयजनाको जिम्मेवारी लिने लक्ष्य रहेपनि ९ सयजनाको जिम्मेवारी बोक्दै आएको उनले बताए । खुला सिमाना, लागूऔषध तथा अन्य आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न सबैले आआप्mनो स्तरबाट सहयोग गर्न उनले आग्रह गरे ।
    कार्यक्रममा बाढीपीडितलाई अथक सहयोग गरेकोमा प्रशंसापत्रसहित आरडीका निर्देशक पारस हुसेनलाई प्रदान गरिएको थियो भन्ने १० जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us