प्रस, वीरगंज, २३ असोज/
पर्सा जिल्लामा एक साताभित्र चारजनाले आत्महत्या गरेका छन् ।
असोज १८ गते सखुवापरसौनी गाउँपालिका–१ सखुवनिया निवासी ३५ वर्षीया रनियादेवी थरूनीले पासो लगाएर आत्महत्या गरेकी छन् । बलिराम महतो थारूकी पत्नी रनियाले कोठाको बलोमा साडीको पासो लगाई आत्महत्या गरेको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी असोज २१ गते सर्लाही, बलरा घर भई हाल वीरगंज–१० रानीघाटमा डेरा गरी बस्दै आएका रत्न श्रीवास्तवका छोरा २८ वर्षीय अंशु श्रीवास्तवले पासो लगाई आत्महत्या गरेका छन् । कोठाको सिलिङ्ग पङ्खामा पासो लगाई उनले आत्महत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।
यसैगरी असोज २० गते वीरगंज महानगरपालिका–५ कुम्हाल टोलमा भाडामा बस्दै आएका आश नारायणप्रसाद कलवारको १८ वर्षीय छोरा राकेश कलवारले कोठाको सिलिङ पङ्खामा पासो लगाएर आत्महत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।
त्यसैगरी असोज २० गते पर्सा, धोबिनी गापा–२ भिखमपुर बस्ने वकिल मियाँ धोबीका ३५ वर्षीय छोरा अनवर मियाँ धोबीले वडा नं.१ पिपरास्थित महमद मुस्तुफा अंसारीको बैठक घरको बाँसको बलोमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
0 comments: