Friday, October 11, 2019

वीरगंज टु बक्सर मेला जारी, बिरञ्चीबर्वाको मेला डेढ सय वर्ष पुरानो

प्रस, परवानीपुर, २४ असोज/
    दशैंको अवसर पारी नेपाल र भारतमा विभिन्न मेला लाग्ने गरेको छ । त्यसमध्ये वीरगंजदेखि बिहारको बक्सरसम्म लाग्ने मेला पनि एक हो ।
    करीब डेढ महीनाको अवधिमा नेपाल र भारतको बिहार गरी ७ ठाउँमा मेला लाग्ने गरेको छ । दशैंको पूmलपातीदेखि अष्टमीसम्म वीरगंजमा, नवमीदेखि ५ दिनसम्म पर्साको विन्ध्यवासिनीमा, दशमीदेखि ५ दिनसम्म पर्साको बिरञ्चीबर्वामा दुर्गा भवानीको मेला लाग्ने गरेको छ भने एकादशीदेखि ३ दिनसम्म बिहारको बलथर र भोलिपल्टदेखि बिहारकै वैशाखवामा ३ दिन दुर्गा भवानीको मेला लाग्ने गरेको पर्सा कालिकामाई गाउँपालिका वडा नं ५ बिरञ्चीबर्वाका स्थानीय मुरलीमनोहर तिवारीले बताए ।
    त्यसपछि बिहारको पश्चिमी चम्पारणको बेतिया र अन्तिममा बक्सरमा गएर मेला समापन हुने उनले बताए । असोजको दोस्रो सातादेखि शुरू हुने मेलाको पर्वमाला कात्तिकको पूर्णिमासम्म चल्ने उनले बताए । त्यसैगरी, पर्साको कालिकामाईको बिरञ्चीबर्वामा लाग्ने दुर्गा भवानीको मेला डेढ सय वर्ष पुरानो भएको गाउँलेहरूले बताएका छन् ।
    मेलाको शुभारम्भको दिन गाउँकै एक ऐतिहासिक बेलको रूखबाट तीनवटा बेल तोडी पूजा आराधना गरी ५ दिनसम्म मेला लाग्छ ।
    त्यसपछि उक्त बेल गाउँकै पोखरीमा विसर्जन गर्ने गरिएको छ । साथै, मेलाको पहिलो दिन दशमीमा नीलकण्ठ चरालाई हात्तीमा सवार गराइ गाउँपरिक्रमा गरी उडाउने चलन रहेको वडा नं ५ का वडाध्यक्ष पवन तिवारीले बताए । सो मेलाको कारण बिरञ्चीबर्वा वरपरका केही गाउँमा विगत धेरै वर्षदेखि कुनै प्रकारको महामारी नपैmलिएको गाउँलेहरूले बताए ।
    प्राचीनकालमा एकजना संन्यासीले पिसाब गरी करीब आधा दर्जन गाउँ घेरेका थिए भन्ने किंवदन्ती छ । त्यसपछि आजसम्म सो क्षेत्रमा हैजा, चेचकलगायत कुनै रोगको महामारी नपैmलेको इतिहास रहेको गाउँलेको दाबी छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us