Sunday, October 13, 2019

भाग्ने सहकारी सञ्चालकलाई भाटे कारबाही गर्नुपर्छ –मुख्यमन्त्री गद्दी

प्रस, वीरगंज, २५ असोज/
    खून–पसिना बगाएर गरीबहरूले जम्मा गरेको रकम सहकारीले लिएर भाग्न थालेपछि सहकारीका सञ्चालकहरूलाई भाटे कारबाही गर्नुपर्ने प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले बताएका छन्।
    गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक  साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले दिनरात मजदूरी गरेर सहकारीमा बचत गरेको रकम लिएर फरार हुने अधिकार कसैलाई छैन बताउँदै फरार सहकारीका सञ्चालकहरूलाई खोजीखोजी कारबाही गर्नुपर्ने बताए। प्रदेश सरकार फरार सञ्चालकको खोजीनितीमा गम्भीर रहेको उनले बताए। उनले सहकारीहरू दैनिकरूपमा भागिरहेका छन्, यसले प्रदेशको विनाश हुन्छ, त्यस कारण प्रदेश सरकारले कडा सहकारी ऐन बनाइरहेको जानकारी दिए।
    सहकारीलाई कानूनी दायरामा ल्याउनका लागि प्रदेश सरकारले सङ्घ सरकारसँग समन्वय गरी काम गरिरहेको उनले जिकिर गरे ।
    मुख्यमन्त्री गद्दीले प्रदेश सरकारले सहकारीको माध्यमबाट जनतासँगै देश विकासका लागि विभिन्न योजना बनाइ अगाडि बढिरहेको बताउँदै सहकारीका सञ्चालकहरूलाई इमानदार भएर काम गर्न आग्रह गरे।
    कार्यक्रममा मुख्यमन्त्री गद्दीले बैंकिङ सेवासम्म पहुँच नभएका गाउँघरका सर्वसाधारणको सहकारीको माध्यमबाट विकास गर्न सकिन्छ तर सहकारी सञ्चालकहरूले सर्वसाधारणलाई ऋण नदिई व्यापारीहरूलाई मात्र ऋण दिने गरेकोमा दुःख व्यक्त गरे।
    सोही कार्यक्रममा सङ्घीय सांसद प्रदीप यादवले सहकारीको कार्यक्रममा गएर भाषण गर्नु लाजमर्दो भएको बताए । कुन सहकारीले कहिले जनताको रकम लिएर भाग्छ थाहा छैन, कहीं आपैंmले उद्घाटन गरेको सहकारी पनि भाग्न सक्छ। त्यस कारण पहिचान गरी आपूm सहकारीको कार्यक्रममा सहभागी हुने गरेको बताए। केही सहकारीका कर्तुत सुनाउँदै सांसद यादवले पर्साबाट करोडौं रुपैयाँ लिएर सञ्चालक फरार भई विदेशमा मौज गरिरहेको बताए।
    गृहलक्ष्मी सहकारीका अध्यक्ष जुबेरबाबू अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा सहकारी बोर्डका सदस्य शम्भु गुप्तालगायत सहकारीका प्रबन्धक उमेश साहले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्यहरू सिंहासन साह कलवार, करिना बेगम, भीमा यादव, समाजवादी पार्टीका नेता रामनरेश यादव, सुन्दर कुर्मीलगायतको उपस्थिति थियो।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us