Friday, October 11, 2019

यौन समस्या र आयुर्वेद उपचार

डा. रमेश मिश्र
    सधैं युवावस्था रहोस् भन्ने सबै व्यक्तिको चाहना हुन्छ तर यसको लागि प्रयास धेरै कम व्यक्तिले गर्दछन् । अव्यवस्थित खानपान र रहनसहनले हामीलाई धेरै रोग लाग्छ साथै उमेर ढल्दै जाँदा शारीरिक र मानसिक समस्याहरू पनि बिस्तारै बढ्दै जान्छ । तीमध्ये एक हो यौन समस्या । यी समस्यालाई धेरैजसो व्यक्तिले गोप्य नै राखी विज्ञापनको भरमा आपूmखुशी औषधिसेवन गर्न थाल्छन् र परिणामस्वरूप अन्य ठूला रोगहरू उत्पन्न हुन्छन्।
    धेरैजसो व्यक्तिमा उमेर ढल्दै जाँदा यौनक्रिया सम्बन्धित समस्याहरू आउँछन् । खासगरी मधुमेह भएका व्यक्तिहरूमा यो समस्या बिस्तारै बढ्दै जान्छ । प्रायः गरेर यौनक्रिया सम्बन्धित समस्या मधुमेह भएका पुरुष तथा महिलाहरूबीच केही अप्ठ्यारा, केही कष्ट, केही नैराश्यता र केही अस्वस्थ वातावरण पैदा भइरहेका हुन्छन् ।
पुरुषलाई हुने मुख्य समस्याहरूः
–    यौन उत्तेजना हुनुमा गडबड
    ९भ्चभअतष्भि मष्कयचमभच०
–    वीर्य निकाल्नमा गडबड
    ९भ्हबअगबितबचथ मष्कयचमभच०
–    सम्भोग इच्छा गडबड
    ९म्भकष्चभ मष्कयचमभच०
    यी समस्यामध्ये बढी हुने समस्या हो, यौन उत्तेजना हुनुमा गडबड । यी समस्या लिएर दिनहुँ हामीकहाँ व्यक्तिहरू बढी आउने गर्दछन् । यो उमेर ढल्किंदै जाँदा पनि बढ्दै जाने समस्या हो । मधुमेह भएका व्यक्तिहरूमा पनि अझ बढ्दै जाने समस्या हो ।
    यौनक्रियासम्बन्धी समस्या हुनुका मुख्य कारणहरूमध्ये बढी तनाव, अल्कोहलको बढी मात्रा, अवसाद र सोको औषधि, उच्च रक्तचाप कम गर्ने केही औषधि, ड्रग एब्युज, बढी मूत्रल औषधि आदि थुप्रै कारणहरू छन् ।
    चिन्तया जरया शुत्रंm व्याधिभिः कर्मकर्षगात् ।
    क्षयं गच्छत्यनशनात् स्त्रीणं चाति निषेधणात् ।।
    यौन समस्याको उपचारको आयुर्वेदमा राम्रो व्यवस्था गरिएको छ । आयुर्वेदमा वाजीकरण भन्ने एउटा अध्याय नै छ, जसमा यौनसम्बन्धी समस्याको
उपचारको वर्णन छ र आयुर्वेदका चिकित्सकहरू सोही अनुसार आयुर्वेद उपचार गर्दछन् ।
    सबैभन्दा पहिले कुपोषण छ भने सो हटाउन यौनका भ्रामक कुराहरूप्रति ध्यान नदिने, चिन्ता कम गर्ने, जोडीलाई सँगै उपचार गर्ने गरिन्छ । मधुमेह छ भने नियन्त्रणमा राख्ने, चुरोट, अल्कोहल साथै अन्य नशा लाग्ने वस्तुदेखि टाढा रहने, यौनक्रिया सम्बन्धित सही ज्ञान हुनुपर्छ, पार्टनरसँग सही व्यवहार गर्ने, आत्मविश्वास बढाउने र प्रसन्नचित्त भएर शारीरिक सम्बन्ध स्थापित गर्ने, विज्ञापनको भरमा जथाभावी औषधि सेवन नगर्ने ।
    आयुर्वेदमा थुप्रै औषधि र जडीबुटीहरू छन्, जो चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्दछ ।
    नरसिंहचूर्ण, कामदीपभयोग, कामिनी विद्रावन रस, पुष्पगन्धा, पूर्णचन्द्र रस, मनमथभ्र रस, मकरध्वज, शिलाजित, अश्वगन्धा, सतावरी, कौच बिज, अकरकरा, सेतो मुसली र यसका साथसाथै विभिन्न उत्पादक कम्पनीका थुप्रै आयुर्वेदिक औषधिहरू आएका छन्, जो चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्दछ तर आपूmखुशी कहिले पनि सेवन गर्नुहुँदैन ।
–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us