Thursday, October 10, 2019

मूर्ति सेलाएर फर्कंदा एकजनाको मृत्यु

राजेश केसरीवाल, रक्सौल, २३ असोज/
    बागमती नदीमा देवीको मूर्ति विर्सजन गरी फर्किरहेको अवस्थामा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना भारतीय घाइते भएका छन् ।
    भारत, रक्सौलका युवाहरू नेपालको बागमती नदीमा देवीको मूर्ति विसर्जन गरी फर्किरहेको बेला दुर्घटनामा परेका थिए भने चारजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
    रक्सौल, बडा परेउवा–१ स्थित पूजा पण्डालको प्रतिमा विसर्जन गर्न युवकहरू नेपालमा बग्ने बागमती नदी पुगेका थिए । मूर्ति विसर्जनपछि फर्किरहेको जीप र यात्रुवाहक बस एकापसमा ठोकिंदा परेउवा–१ निवासी पर्स साहका २५ वर्षीय छोरा मुन्ना साहको मृत्यु भएको छ भने मुस्ताक र उदय गम्भीर घाइते भएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us