Thursday, October 10, 2019

करेन्ट लागेर एकको मृत्यु, एकजना गम्भीर घाइते

प्रस, रक्सौल, २३ असोज/
    रक्सौलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने वीरगंजमा एकजना गम्भीर घाइते भएका छन् ।
    दशैको मेलामा पसल थापेका एकजना व्यापारीको करेन्ट लागेर मृत्यु भएको छ । रामगढवाको रामजानकी मन्दिर परिसरमा कस्मेटिकको पसल थापेका आमोदेही निवासी सञ्जयकुमारको करेन्ट लागेर मृत्यु भएको हो ।
    पसलमा पङ्खाको तार जोड्ने बेलामा करेन्ट लागेर घाइते भएका सञ्जयको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रस, वीरगंज/
    वीरगंज महानगरपालिका–१६ नगवामा लागेको मेलामा ११ हजार भोल्ट विद्युत् प्रवाह भएको लाइनमा बिजुली जोड्न खोज्दा नगवा निवासी चन्दन पटेललाई करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका छन् ।
    उनको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको वीरगंज–१६ का अध्यक्ष श्यामबाबू चौरसियाले बताए । मेला समितिका सदस्यसमेत रहेका पटेललाई करेन्ट लागेपछि असोज २० गतेको मेलासमेत बिथोलिएको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us