Sunday, October 13, 2019

उपचारको क्रममा सिद्धिकीको मृत्यु अस्पताल कर्मचारीसँग दुव्र्यवहार

प्रस, वीरगंज, २५ असोज/
    वीरगंज महानगरपालिका–१ निवासी मोहम्मद अदनान सिद्धिकीको दुर्घटनामा परी मृत्यु भएको विषयलाई लिएर गएराति नारायणी अस्पतालमा परिवारजनले अस्पतालमा कार्यरत कर्मचारी, बिरामी कुरुवा तथा चिकित्सकहरूमाथि हातपात गरेको समाचार प्राप्त भएको छ।
    नेपाल प्रहरीले घटनालाई साम्य पार्न नसकेपछि सशस्त्र प्रहरीले स्थितिलाई  नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्। प्रFप्त जानकारी अनुसार हिजो साँझ ७ बजे जनता सडक अन्तर्गत बडनियारमा ग.७प ३४०३ तथा ना.२७प २२८६ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किएर गम्भीर घाइते  सिद्धिकीको उपचारको क्रममा मृत्यु भएको थियो। सिद्धिकीसँगै मोटरसाइकल पछाडि सवार श्रीपुर निवासी अच्छेलाल सहनीको अवस्था गम्भीर भएकोले उनको उपचार वीरगंज हेल्थकेयर अस्पतालमा भइरहेको छ। अर्को मोटरसाइकलमा सवार सखुवाप्रसौनी गाउँपलिका बगवाना निवासी बृजकिशोर चौधरी तथा बिहारी दासको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरी स्रोतका अनुसार घाइते चारैजनालाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएको थियो।
    उपचारको क्रममा सिद्धिकीको ज्यान गएपछि परिवारजनले अस्पतालमा होहल्ला गर्दै घाइतेहरू चौधरी तथा दासमाथि आक्रमण गर्न लाग्दा विवाद उत्पन्न भएको थियो। सिद्धिकीको मृत्यु विषयलाई लिएर राति परिवारजनसहित छपकैयावासीहरूले सोही दुर्घटनामा परी घाइते भएका दास तथा चौधरीसँगै उपचार गराइरहेका अन्य बिरामी तथा कुरुवामाथि एक्कासि हातपात गर्दै लूटपाटसमेत गरेको प्रहरीले जनाएको छ। सोहीक्रममा एक दर्जनभन्दा बढी मोबाइल चोरी भएको छ। प्रहरीको खल्तीमा रहेको पैसासहित मोबाइल पनि खोसिएको प्रहरीले जानकारी दिएको छ । अस्पतालको आकस्मिक कक्षका उपकरणहरू पनि हराएका छन् ।
    यस विषयमा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरसँग बुभ्mदा घाइते दुवै पक्षलाई उपचारको लागि अस्पतालमा ल्याएको र सोमध्ये एकजनाको मृत्यु भएको बताए । अर्का पक्षलाई रेफर गर्न खोज्दा विवाद भएको जानकारी दिए। अस्पतालमा उपचार गराइरहेका चौधरी तथा दासको प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us