Thursday, October 10, 2019

सूचना नदिने जनप्रतिनिधिलाई जरिवाना

प्रस, रौतहट, २३ असोज/   
    राष्ट्रिय सूचना आयोगले रौतहटस्थित एक स्थानीय तहका प्रमुख र सूचना अधिकारीलाई जनही ७ हजार जरिवाना गरेको छ ।
    जिल्लाको दक्षिणी भेगस्थित ईशनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोरप्रसाद गुप्ता र सूचना अधिकारी दिपेश रौनियारलाई जनही  रु ७ हजार जरिवाना भएको हो । जरिवाना रकम असुल उपर गरी लिखित जानकारी गराउन आयोगले जिल्ला प्रशासन कार्यालय, रौतहटमा पत्राचार समेत गरेको छ । सूचना आयोगले माग गरे अनुसारको सूचना उपलब्ध गराउन र विभागीय कारबाईको सिफारिश गर्न ईशनाथ नगरप्रमुखलाई पत्र लेखेको छ ।
    ईशनाथ नपा–२ का जयप्रकाश साहले आव २०७४–०७५ र २०७५–०७६ को नगर परिषद्को निर्णय, नपामा कार्यरत स्थायी, करार, ज्यालादारीलगायत कर्मचारीको नियुक्तिपत्र माग गरेका थिए । साहले मागेको सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई जरिवाना गरेको हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us