Thursday, October 10, 2019

प्रदेश २ मा विकासको लहर –मन्त्री सोनल

प्रस, वीरगंज, २३ असोज/
    प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले आठवटा जिल्लामा विकासको लहर ल्याएको बताएका छन् ।
    राजपा नेपालले परवानीपुर गाउँपालिका–२ मा असोज २१ गते आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले विकास निर्माणको सवालमा पछि पर्दै आएको प्रदेश २ मा अहिले विकासको लहर चलेको बताए ।
    उनले प्रदेश सरकारले अहिले द्रूत गतिमा विकास निर्माणका योजनाहरू ल्याएको बताए । प्रदेशको ग्रामीण भेगका सडकहरू खाल्डाखुल्डीले गर्दा हिंड्न समेत समस्या झेल्दै आएका सर्वसाधारणले अब प्रदेश सरकारको लगानीबाट सडकहरूको विकास निर्माण गर्ने बताए । समाजमा भाइचारा कायम गरी विकास निर्माणमा काँधमा काँध मिलाएर सहयोग गर्न मन्त्री सोनलले आग्रह गरे ।
    चियापान कार्यक्रममा क्षेत्र नंं–४ का सांसद एकबाल मियाँ, परवानीपुर गापा अध्यक्ष हरिनारायण साह, जवाहर महतो, बिन्दु साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    रामअयोध्या भरको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सुरेश साहले गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us