Tuesday, October 15, 2019

हचुवाको भरमा खुला दिसामुक्त

प्रस, वीरगज, बिरुवागुठी २८ असोज/
    पर्सा जिल्लालाई हचुवाके भरम खुला दिसामुक्त क्षेत्र  घोषणा भएको अहिले पुष्टि हुन थालेको छ ।
    २०६३ सालदेखि पर्सालाई खुला दिसा मुक्त क्षेत्र बनाउन अभियान  शुरू भयो । अभियानमा कर्मचारीहरूले पैसामात्र लुटे जनतालाई केही फाइदा भएन ।   नेपाल सरकार तथा दातृनिकायको अरवौ रूपैया सेवा सुबिधामामा मात्र खर्र्च भयो र उदेश्य पुरा भएन ।
    अहिले आएर हातारमा भदौ २८ गते जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो तर समस्या भने ज्यूँकात्यूँ छ ।
    गाउँबस्तीमा अझै पनि खुला शौच गर्न मानिस बाध्य छन् । नियामक निकायले अनुगमन गर्ने हो भने सहजै देख्न र हेर्न सकिन्छ ।
    वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, बिन्दवासिनी गाउँपालिका र पकहामैनपुर  गाउँपालिका लगायत सडक खुला शौचका कारण दुर्गन्धित छ । स्थानीयहरू भन्छन्–जनप्रतिनिधिहरू भोट बैंक गुम्ने डरले कडाइ गर्र्दैनन् ।
    वीरगंज महानगरपालिका–१९ बर्वा टोलको मुख्य सडक दिसा गर्नेहरूको कारण दुर्गन्धित बनेको छ ।
    बटुवाहरू नाक थुनेर आवतजावत गर्न बाध्य छन् । दुर्गन्धित स्थानभन्दा करीब १० मिटर दक्षिण लालबाबू साहको होटेल छ भने एक दुईवटा किराना पसल छन् ।
    होटल व्यवसायी साह भन्छन्–“जोसँग शौचालयको सुविधा छैन, उनीहरू सडकमा खुल्लमखुल्ला शौच गर्छन् तर जोसँग पैसा छ, उनीहरू शौचालय बनाउँदैनन् र खुला दिसा गर्छन् । उनीहरू बानीले लाचार छन् ।”
    वडाका जिम्मेवार निकायले निगरानी बढाए नियन्त्रण हुन सक्छ साहको भनाइ छ । खुला शौच गर्नेलाई कारबाई गरे विरोधी बन्छ भनेर जनप्रतिनिधि बोल्दैनन् ।
    युवक रमेश पटेल भन्छन्–रिङ र सिट स्थानीय तहले बितरण गरेपनि घरमा थन्काएर राखेका छन् वा गाईगोरुको नाद बनाएका छन् ।
    विन्दवासिनी गाउँपालिका–३ झौवा चोकदेखि पश्चिम मुख्य सडक पनि खुला शौच गर्नेहरूको कारण दुर्गन्धित बनेको छ । दुर्गन्धित स्थानको ठीक सामुन्ने रामप्रसाद साहको गोठघर छ । साह भन्छन्–“जति सम्झाए पनि मान्दैनन्, जसकहाँ शौचालय छ, उनीहरू पनि  शौच गर्न सडकमा नै आउँछन ।”
    विन्दवासिनी गापाकै हँसवा टोलको पूर्व मुख्य सडक नै खुला दिसाले दुर्गन्धित छ । सडकको उत्तरतर्फ सरकारी विद्यालय छ भने दक्षिणतर्फ खु्ला शौचले फोहरैफोहर छ । स्थानीय शिवबालक यादव भन्छन्–“बटुवा त आउँछन्–जान्छन्, विद्यार्र्थी र शिक्षक दिनभरि दुर्गन्ध सहन बाध्य छन् ।” उनी  भन्छन्–“स्थानीय जिम्मेवार व्यक्तिहरूले निगरानीको साथै जनचेतना जगाउनु आवश्यक छ ।”
    त्यसैगरी पोखरिया नगरपालिका–४ पोखरिया र श्रीसिया जोड्ने सडक खण्ड पनि खुला शौचको कारण दुर्गन्धित बनेको छ । पकाहामैनपुर गाउँपालिका–४ श्यामपुर भेलाहा टोलको मुख्य सडक पनि खुला शौचले दुर्गन्धित बनेको छ । यहाँ दुर्गन्धित सडकको दुवैतर्फ प्राथमिक विद्यालय छन् ।
बलिराम शुक्ला, बिरुवागुठी/
    पर्सागढी नगरपालिका अन्तर्गतका दलित बस्तीहरूमा अधिकांश घरमा शौचालय छैन, खुला ठाउँमा शौच गर्न बाध्य छन् ।
    स्थानीय तहले हालसम्म निजी वा  सार्वजनिक शौचालय बनाउन पहल नगरेको उनीहरूको आरोप छ ।
    पर्सागढी नगरपालिका–३ बिरुवा गाउँमा ३५ दलित घरधुरीमध्ये जम्मा तीनजनाको घरमा शौचालय छ, बाँकी कसैको घरमा शौचालय छैन ।
    पर्सागढी नगरपालिका खुला दिसामुक्त नगरपालिका घोषणा भएको एक वर्ष भयो,  कसरी नगरपालिकालाई खुला दिसामुक्त घोषणा भयो सबैजना आश्चर्यचकित छन् ।
    पर्सागढी नगरपालिकाको वार्षिक करोडौं बजेट छ, शौचालय निर्माण गरे हुन्थ्यो–दलित अगुवा सुबा माझीको भनाइ छ ।
    नगरपालिका अन्तर्गतको मनवा, बडेरवा, पकडिया, बढनिहार, झुलिटार, बिरुवा, बकडेरवा, सबैया, हरपुर, जिंगना, पचरूखीलगायतमा दलितहरूले दैनिक ज्यालादारी नगरे हाथमुख जोर्न धौधौ पर्ने अवस्थामा शौचालय बनाउने त कुरै भएन माझी दलितहरूको दुःखेसो  सुनाउँछन् ।  अधिकांशसँग आप्mनो जग्गापनि छैन । अहिलेसम्म सार्वजनिक जग्गामा बसोवास गर्दै आएका छन् ।
    पर्सागढी नगरपालिकालाई विभिन्न सङ्घ–सस्था लागेर खुला दिसामुक्त घोषणा त गराए । तर खुला दिसामुक्त भने लेखिएको कागजमा मात्र छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us