Friday, October 11, 2019

बाली भिœयाउने बेलामा फौजी कीराको प्रकोप

विमला गुप्ता, वीरगंज, २४ असोज/
    फौजी कीराको प्रकोपबाट बाराका किसानहरू पीडित भएका छन् । बाली भिœयाउने बेलामा फौजी कीराको प्रकोपले गर्दा कैयौं बिघा धानबाली नष्ट हुन लागेपछि किसानहरू चिन्तित भएका हुन् ।
    फौजी कीराको आक्रमणले जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमनपा, फेटा गाउँपालिकाका वडाहरूमा लगाइएको धानबाली प्रभावित भएको छ । डुमरवानादेखि मनहर्वा, सिसवा महेशपुरका किसानहरू लगाएको धानखेतीमध्ये ५० प्रतिशत धानखेती फौजी कीराले खाएर क्षति भएको कृषकहरूले बताएका छन् ।
    वर्षभरि खान र बेच्नको लागि किसानहरूले लगाएको धानबाली खेतमैं नष्ट हुन थालेपछि हुन्डा बटैयामा खेती गरेका किसानहरूले साहुकारलाई तोके जतिको अन्न कसरी दिने भन्नेबारेमा चिन्तित भएका छन् । 
    आपूmले लगाएको बाली घरमा भिœयाउनको लागि काट्न जाँदा ५० प्रतिशत धानलाई खेतमा नै फौजी कीराले काटेर सखाप पारेको कलैया–२ सानो अवधापुर निवासी वीरेन्द्र यादवले दुःखेसो पोखे । उनले १० कट्ठामा लगाएको धानबाली फौजी कीराले सखाप पारेको छ ।
    खेतमा पाकेको धानबालीलाई राति काट्ने र काटेर सुकाएको भदैया धानलाई समेत फौजी कीराले सखाप बनाएको कलैया–२ का अर्का किसान वासुदेव रामले बताए ।
    जीतपुरसिमरा वडा नं १५, १७ र १८ का डुमरवाना, रामनगर, मनहर्वा, कुस्माडी तथा कलैया उपमनपा–२, २४ र २७ को दोहरी पकडी, सखुई, महेशपुरलगायतका क्षेत्रमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए ।
    कीराको प्रकोप देखिएका क्षेत्रमा कृषि प्राविधिक टोलीलाई निरीक्षण गर्न खटाएको ज्ञान केन्द्रका प्रमुख यादवको भनाइ छ ।
    दिनभरि धानको जरामा बस्ने र रात परेपछि लाखौंको सङ्ख्यामा अन्नबाली खान निस्कने फौजी कीराले एकै रातमा बिघौं बाली नष्ट गर्ने गरेको प्रमुख यादवको भनाइ छ । बाढी, पानी र अचानक परेको पानीको कारण फौजी कीराको प्रकोप बढेको उनको दाबी छ ।
    फौजी कीरा राति मात्रै सक्रिय हुने र समूहमा एकबाट अर्काे बालीमा सर्ने भएकाले यसको रोकथामको उपाय किसानहरूले एकै समयमा सामूहिकरूपमा आआप्mनो धानबालीमा विषादी छर्ने तथा कीरा फेदमा बस्ने भएकाले सिंचाइ गर्दा केही कम हुँदै जाने उनले बताए ।
    अनुगमनमा खटेका कृषि ज्ञान केन्द्र बाराका बाली संरक्षण अधिकृत राजनारायण साहका अनुसार बाराको उत्तरी क्षेत्रका किसानहरूले लगाएको करीब ७० प्रतिशत धानलाई सो कीराले नष्ट गरेको छ ।
    आपूmहरूलाई पीडित किसानहरूले सुरुआती अवस्थामैं जानकारी नदिंदा समस्या बढेको उनले बताए । किसानहरूले तयारी धान काटेर सुक्नका लागि खेतमा छोड्न नहुने उनले बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us