Thursday, October 10, 2019

सडकमा हिलो जमेपछि आवागमनमा समस्या

प्रमोद यादव, पचगावाँ, २३ असोज/
    सखुवापरसौनी गाउँपालिकाको श्रीपुर पचगावाँदेखि पर्सागढी नगरपालिका वडा ९ र ८ हरपुर एकटाङ्गा जोड्ने थरूहट सडकमा पानी–हिलो जमेपछि आवागमन प्रभावित भएको छ ।
    पर्सागढी नगरपालिका–९ एकटाँगा आँप बगैचानजीक सो सडकमा तीन वर्षदेखि कलभर्ट नहुँदा पानी जमेर सवारीसाधन आवागमनमा समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
    यस विषयमा स्थानीयले नगरपालिका र वडा कार्यालयमा जानकारी गराउँदा कुनै सुनवाइ नभएको सुधीर यादवले बताएका छन् ।
    पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवसँग यसबारे जानकारी माग गर्दा उनले एक–दुई दिनमैं ह्युमपाइप लगाएर बाटो मरम्मत गराउने प्रतिबद्धता जनाएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us