Friday, October 11, 2019

वीरगंजका युवा सम्मानित

विमला गुप्ता, वीरगंज, २४ असोज/
    नेपाल प्रहरीको ६४औं स्थापना दिवसको अवसरमा पर्साका युवा समाजसेवी राजन श्रीवास्तव सम्मानित भएका छन् ।
    प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा श्रीवास्तवलाई सम्मानित गरिएको हो । १० वर्षदेखि निरन्तर समाजसेवामा सक्रिय श्रीवास्तवले विपद्को बेला नेपाल प्रहरीलाई सहयोग पु¥याएबापत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले श्रीवास्तवलाई समाजसेवीको कदरपत्रले सम्मानित गरेका थिए ।
    ट्राफिक व्यवस्थापन, रगत अभाव भएको बेला आकस्मिक रक्तदान, हावाहुरी जस्ता विपद्को बेलामा राहतको व्यवस्थापन, किशोरीहरूको लागि आत्मरक्षाका तालीम जस्ता कैयौं कार्यमा प्रहरीलाई सहयोग पु¥याएपछि उनलाई सम्मानित गरिएको हो ।
    कार्यक्रममा वीरगंजका श्रीवास्तवलगायत अन्य जिल्लाका दुईजना युवालाई पनि समाजमा विशेष
योगदान पु¥याएबापत सम्मानित गरिएको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us