Friday, October 11, 2019

शिक्षामा बढ्दो बेथिति, घट्दो गुणस्तर

वैद्यनाथ ठाकुर
    भनिन्छ, रोगको कारण पत्ता लागिसकेपछि उपचार गर्न सजिलो हुन्छ तर यो सिद्धान्त पनि नेपाल सरकारको अगाडि नतमस्तक छ । विगत तीन दशकदेखि सरोकारवाला सबैलाई थाहा छ कि नेपाली शिक्ष्Fाको गुणस्तर लगातार खस्किंदै छ । यसको अवस्था यतिधेरै दयनीय भइसकेको छ कि माध्यमिक तहमा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ठीकसँग पाठ्यपुस्तकका पाठहरू पढ्न पनि आउँदैन । नेपाली भाषामा लेखिएका पाठ्यपुस्तकको हाल यस्तो छ । विद्यार्थीहरूको अङ्ग्रेजी, विज्ञान र गणित लगभग चौपट्ट नै भइसकेको छ । आप्mनो जागीर जोगाउन तथा सरकारको आँखामा धूलो छर्ने विद्यालय प्रशासन हो । प्रत्येक परीक्ष्Fामा विद्यार्थीहरूलाई शतप्रतिशत कक्ष्Fा उचाल्ने तथा लब्धाङ्कपत्रमा न्यूनतम उत्तीर्णाङ्क राखिदिने गरिएको छ । जस्तो कि सञ्चारमाध्यममा प्रकाशित भएको थियो, त्रिभुवन विश्वविद्यालयमा केवल ९ अङ्क प्राप्त गरेको परीक्ष्Fार्थीलाई नौको अगाडि ६ थपेर ६९ बनाइएको थियो, त्यो पनि आठवटा विषयमा । यतिमात्र होइन, त्यही परीक्ष्Fार्थीलाई त्रिभुवन विश्वविद्यालयको उत्कृष्ट परीक्ष्Fार्थी तथा स्वर्णपदकको प्रमाणपत्रसमेत दिइएको थियो । करीबकरीब त्यस्तै कार्यप्रणाली माविस्तरमा देशभरिका प्रायः विद्यालयहरूमा दशकौंदेखि हुँदै आएको छ । तर यसतर्पm सरोकारवाला कसैको ध्यानाकर्षण भएको पाइँदैन । बरु विद्यार्थी यस कारण खुशी छन् कि केही नलेखे पनि परीक्ष्Fामा राम्रैसँग सबै विषयमा उत्तीर्ण भएर कक्ष्Fा उचालिन्छ । त्यसैगरी, अभिभावकहरू यस कारण खुशी छन् कि उनीहरूका नानीबाबु पढ्नमा ठीकठीकै छन् र कक्षा उचालिएका छन् । शिक्ष्Fक तथा विद्यालय प्रशासन यस कारण खुशी छन् कि विद्यार्थीहरूको सिकाइ उपलब्धि लब्धाङ्कपत्रमा औसतमा राम्रो देखिएको छ र माथिबाट जागीरमा कुनै प्रश्नचिह्न वा स्पष्टीकरण खानुपर्ने अवस्था छैन । विद्यालय होस् वा विश्वविद्यालय औसतमा दुवैको सिकाइ नतीजा उस्तै छ । यस्तो दुरवस्थामा हाम्रो शिक्ष्Fा पुग्नुको मुख्य कारणहरू के के हुन् आउनुस् यसबारे थोरै चर्चा गरौं–
शिक्षा नीति
    यतिबेला नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । देशमा तीन प्रकारका सरकार छन् । माध्यमिक शिक्ष्Fा स्थानीय सरकारको अधीनमा भइसकेको छ तर शिक्ष्Fकको व्यवस्थापन अझै सङ्घीय सरकारकै हातमा छ । सरकारद्वारा नियुक्त एक शिक्ष्Fा आयोगको प्रतिवेदन (जसलाई हालसम्म सरकारले सार्वजनिक गरेको छैन) अनुसार माध्यमिक शिक्ष्Fामा हाल ४० हजार शिक्ष्Fक दरबन्दी थप्नुपर्ने आवश्यकता छ । तर विगत दश वर्षदेखि थपिएको छैन । अर्थात् हिमाली, पहाडी तथा तराईका भूगोलमा २० देखि ४० विद्यार्थीमा एकजना शिक्ष्Fक अध्यापनको लागि चाहिन्छ, जुन कि अहिले उपलब्ध छैन । शिक्ष्Fक नै नभएपछि विद्यालय शिक्ष्Fाको गुणस्तर के होला ?
    यतिबेला भएका शिक्षकहरूमध्ये पनि विषयगत शिक्ष्Fकको निकै अभाव छ । प्रायः सामाजिक, विज्ञान, अङ्ग्रेजी, गणित र नेपाली विषयमा विद्यार्थीहरूको सिकाइ कमजोर हुनुको कारण नै विषयगत शिक्ष्Fक नहुनु हो । झन् कम्प्युटर शिक्ष्Fा सरकारले आधारभूत तहदेखि नै राखेको छ, जबकि कम्प्युटर विषयको शिक्ष्Fक दरबन्दी नै छैन । अर्थात् कक्ष्Fा व्यस्त मात्रै हुने गर्छ विद्यालयहरूमा विषयगत शिक्ष्Fकको अभावमा । यस्तो अवस्थामा शैक्षिक गुणस्तर घट्नु स्वाभाविक नै हो ।
    स्थानीय निकायको अधीनमा माध्यमिक शिक्ष्Fा राखेपछि राजनीतिक आस्थाको आधारमा शिक्ष्Fकहरूको व्यापक सरुवा भइरहेको छ । यस्तोमा केही विषयगत शिक्षक उक्त विद्यालयले पाएको थियो, त्यो पनि सरुवा भइहाल्ने र जहाँ सरुवा भई गएका हुन्छन्, त्यहाँ त्यो विषयको शिक्ष्Fक पहिलेदेखि नै रहेकाले हाजीर गरेर अरू नै विषय जसबारे ऊ जानकार नै छैन, त्यही पढाउनुपर्ने बाध्यता सिर्जना भइरहेको छ ।
    सबैलाई थाहा भएकै कुरो हो नेपाली राजनीतिमा भ्रष्टाचार संस्थागत रहँदै आएको छ । यसको अपवाद शिक्ष्Fा पनि होइन । विद्यालय प्रशासनद्वारा गरिने व्यापक आर्थिक हिनामिनाको सेटिङ विद्यालय व्यवस्थापन समितिदेखि जिल्ला शिक्ष्Fा कार्यालयसम्म रहेकाले यसलाई रोक्न हालसम्म ठोस कदम चालिएको देखिंदैन । फलस्वरूप विद्यालय प्रशासनको मुख्य दृष्टिमा शैक्षिक गुणस्तर कसरी सुधार्ने भन्दा पनि आप्mनो कार्यकालमा कसरी बढीभन्दा बढी विद्यालयको नगदी, जिन्सी सम्पत्ति आप्mनो हात पार्ने भन्नेमैं रहने हुनाले दिनानुदिन शैक्षिक गुणस्तर ओरालो लाग्दै आएको छ । विद्यालय प्रशासनको आर्थिक अनियमितताको विरोध गर्ने तथा हिसाबकिताब खोज्ने शिक्ष्Fकलाई प्रतिपक्षीसरह व्यवहार गरेको पाइन्छ । खासगरी स्थानीय निकायको मातहतमा विद्यालय शिक्ष्Fा गएपछि यतिबेला त्यस्तो प्रतिपक्षी ठानिएका शिक्ष्Fकहरूको धमाधम सरुवा भइरहेको छ । यो सरुवा प्रकरण यहाँसम्म पुगेको छ कि त्यस्ता शिक्ष्Fकहरूलाई अरू कुनै उपाय नलागे काजमैं भएपनि अरू विद्यालयमा खटाइएको छ । यस्तो कार्यले उक्त शिक्ष्Fकले साबिकको विद्यालयमा पढाउँदै आएका विषयहरू उक्त विद्यालयमा पढाइ नै हुँदैन किनभने त्यहाँ शिक्षक नै छैन । अनि वर्ष, दुई वर्ष नपढाइकनै पढ–पढ भाइबहिनी, नानीबाबु हो भनेर शैक्षिकसत्र काटिन्छ । यस्तोमा विद्यार्थीको सिकाइ उपलब्धि के होला ? विद्यालयहरूमा यतिबेला ह्वाइट बोर्डको व्यवस्था गरेको पनि देखिन्छ । तर ती बोर्डहरूमा लेख्न प्रयोग हुने मार्करसमेत महीनौं भइसक्दा पनि पैसा छैन भनेर नकिनेको अवस्था छ । यसको अलावा परिवारवाद र नातावादबाट समेत शिक्ष्Fा वञ्चित छैन । शिक्ष्Fकको रूपमा खासगरी राहत दरबन्दी तथा बालविकासमा परिवारवाद र पैसावाद हावी भएको हुनाले हाम्रो शिक्ष्Fा ध्वस्त हुन लागेको छ । विद्यालयको शैक्षिक गुणस्तर बढाउन इमानदार विद्यालय प्रशासन, मेहनती शिक्ष्Fक तथा जागरूक अभिभावक चाहिन्छ । कसैले चित्त नदुखाओस् हामीकहाँ यी तीनवटै अभाव रहेको छ । जति छिटो यस्तो अवस्था निर्माण गरिन्छ, त्यति नै छिटो शिक्ष्Fाको गुणस्तरमा वृद्धि हुनेछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us