Monday, October 14, 2019

तेजाब प्रकरणका अभियुक्तमाथि कडा कारबाई हुनुपर्छ –सांसद यादव

प्रस, वीरगंज, २७ असोज/
    सांसद प्रदीप यादवले मुस्कानमाथि तेजाब प्रहार गर्ने दोषीलाई कडा कारबाई गर्न जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्ष्Fक सोमेन्द्रसिंह राठौरलाई निर्देशन दिएका छन् ।
    सोमवार बिहान सञ्चारकर्मीसहित पुगेका सांसद यादवले दोषीलाई कानूनले उम्काउन नसक्ने गरी प्रमाण सङ्कलन गरी अदालतमा पेश प्रउ राठौरलाई निर्देशन दिएका थिए । जिप्रका पर्साले अनुसन्धान प्रक्रिया पूरा गरी सरकारी वकिलकहाँ फाइल पुगाइसकेको र दशैं बिदाको कारण अदालतमा फाइल पेश नभएको प्रहरी उपरीक्षक राठौरले जानकारी गराएका थिए ।
    उमेरको विषयमा प्रमाण फेला नपरेपछि दुवै अभियुक्तलाई स्वास्थ्य परीक्ष्Fण गरी उमेर प्रमाणित गरेको प्रउ राठौरले जानकारी गराए । स्वास्थ्य परीक्ष्Fण गर्नेमा डेन्टिस्ट डा. सोनी झा, अर्थोपेडिक्स डा राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा विजयराज खनाल, मेसु डा. मदनकुमार उपाध्यायको टोलीले शमशाद आलमको १८ वर्ष र मजिद मियाँको २० वर्ष उमेर कायम गरेकोमा प्रहरीले दुवैजनाको १–१ वर्ष घटाई १७ र १९ वर्ष किटान गरी प्रतिवेदन तयार गरेको प्रउ राठौरले जानकारी दिए ।
    सोही मुद्दाको आरोपित बिर्तामा रहेको हार्डवेयर पसल सञ्चालक मनीष मण्डलमाथि पनि अनुसन्धान शुरू गरेको बताए । पक्राउ पुर्जी जारी भए तापनि उनी अहिले फरार छन् । तीनैजनामाथि कर्तव्य ज्यान, तेजाब वा अन्य रसायन, जैविक, विषालु पदार्थ प्रयोग गरी कुरूप पार्न नहुने मुद्दा दर्ता गरी फाइल बुझाएको बताए । अदालतले आरोप ठहर गरेमा तीनैजनामाथि १० वर्ष कैद र रु १ लाख जरिवाना तथा क्षतिपूर्तिबापत रकमसमेत असुल गर्न सक्ने नियम रहेको प्रहरीले जनाएको छ ।
    भदौ २० गते बिहान छपकैया निवासी मुस्कान खातुनमाथि दुईजना युवकले तेजाब प्रहार गरेका थिए । उनको अहिले कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार भइरहेको छ । उपचारको क्रममा अनुहार बिग्रिएको छ ।
    प्रहरी स्रोत अनुसार मुस्कानको दाहिने कानभित्र तेजाब पसेको कारण उनको कान नै काट्नुपर्ने भएको छ साथै उनको श्रवणशक्ति पनि कम हुँदै गएको छ ।
    सांसद यादवलाई प्रहरी राठौरले चिकित्सकको सल्लाह अनुसार नै डिएसपीको नेतृत्वको टोली गएर पीडितसँग बयान लिएको र उनले बोल्न नसकेपछि अधिकांश कुराहरू नखुलेको बताए । समयावधि २५ दिनभित्र फाइल बुझाउनुपर्नेमा ३८ दिन भइसक्दा तत्काल अनुसन्धान पूरा गरी बुझाउनु अनिवार्य भऐकोले सक्दो प्रमाण जुटाई फाइल सरकारी वकिल कार्यालयमार्पmत न्यायालयसम्म पु¥याउने जानकारी गराए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us