Friday, October 11, 2019

दशैं ः एक सांस्कृतिक फ्युजन


सञ्जय मित्र
    सीमाञ्चल क्षेत्रको दशैंलाई आधार मान्ने हो भने जति पाइलो उत्तर वा दक्षिण बढ्छ, मान्ने प्रक्रियामा पार्थक्यको मात्रा बढ्दै जान्छ । उत्तरमा चुरे पहाडको फेदीसम्म पुग्दा सीमाको दशैंभन्दा धेरै भिन्न भइसक्छ । सीमालाई नाघेर दक्षिणतिर जाने हो भने चुरे पहाडको फेदभन्दा नितान्त फरक दशैंको स्वरूप देख्न पाइन्छ ।
    पर्व दशैं नै हो । मान्ने तरीका फरक छ । दशैं मुख्य पर्व भएपनि यसको मान्ने संस्कृतिमा भने भिन्नताले यसको स्वरूप अन्यत्र पनि फरक होला भन्ने अनुमान गर्न सजिलो हुन्छ । सञ्चारमाध्यमहरूले भारतमैं विजयादशमीको दिन कतै रावणको पूजा गरेको र कतै रावणलाई पूरै नकारात्मकरूपमा प्रस्तुत गरी मनाइएको देखिन्छ । दशैंको मान्यता फरक रहेको सन्दर्भ अन्य पनि छन् ।    दशैंमा सामान्यतया महिषासुरलाई दुर्गाले मारेको मूर्ति बनाइन्छ । दुर्गालाई भगवती र पृथ्वीको उद्धारकर्ता तथा सबै भक्तजनलाई मनोवाञ्छित फल दिने मानिन्छ । यसको विपरीत महिषासुरलाई संसारको सबैभन्दा ठूलो खलनायकको रूपमा प्रस्तुत गरिन्छ । विज्ञान र प्रविधिले यति धेरै विकास गरिसकेको छ तर अन्धविश्वासमाथिको विश्वास झन् बढेको छ । महिषासुर शब्दमा महिष र असुर गरी दुई शब्द छन् । महिषको अर्थ भैंसी हुन्छ र असुर भनेको सुर होइन । सुर भनेको देउता हो । देउता पनि एक जाति हो र देवताको जाति नहुनु असुर हुनु हो । अर्थात् असुर हुनु राक्षस हुनु होइन र पहिले पनि यसै स्तम्भमा लेखिसकेको छु कि राक्षस पनि एक जातको रूपमा अस्तित्वमा रहेको थियो । राक्षसको काल्पनिक चित्र वा मूर्ति अहिले देखाइएजस्तो होइन कि अन्य मानिसजस्तै हुन्थे । जातिगत विभेद विकराल थियो र राक्षसलाई सबैतिरबाट आक्रमण गरियो र उनीहरूले पनि आप्mनो जात लुकाए वा कालान्तरमा जात परिवर्तन गर्दै गए ।
    यसपालिको दशैंमा फेसबूकमा एउटा चित्र प्राप्त भयो । चित्रले यस कुरालाई पुष्टि गरेको छ । फेसबूकमा पाएको चित्र यहाँ प्रस्तुत छ । यस चित्रले कसैलाई नकारात्मक असर पु¥याउँछ भने क्षमायाचना गर्छु । कसैको भावनामाथि ठेस पु¥याउनु यसको उद्देश्य होइन । मैले यो चित्रको विषयमा कतिपय अग्रजसित सल्लाह गरेको छु र फेरि पनि क्षमायाचना गर्छु कि यसको भावले कसैलाई ठेस पु¥याउन पुग्छ भने । फेसबूकबाट लिइएको यो चित्रले महिषासुरलाई भैंसीपालकहरूको राजा स्वीकारिएको छ । नेपालको इतिहासलाई हेर्ने हो भने यहाँ पनि प्राचीनकालमा महिषपाल वंशको शासन रहेको थियो । नेपालका महिषपाल शासक र यस चित्रमा भनिएको वंशबीचको सम्बन्धबारे खोजीनिती गर्नु जरुरी छ । काठमाडौं उपत्यकामा लामो समय राज्य सञ्चालन गरेका महिषपाल वंश कहाँ गए र अहिले कता छन् तथा तिनका वंशका अहिले को को छन् भन्ने कुरो पनि खोजीको विषय हो र यहाँ चित्रमा भनिएको वंशको सम्बन्ध यहाँ आपूmलाई सोही जाति वा थरको जस्तो लाग्ने मानिसबीच सम्बन्ध हुन वा नहुन पनि सक्छ । कारण एउटै थर भएका मानिसका अनेक जात हुन्छन् र एउटै जातमा अनेक थर पनि हुन सक्छन् । एउटै पिताका अनेक सन्तानमध्ये सबैको रूप, रङ्ग, स्वभाव, शारीरिक बनावट, बुद्धि र बल, वृत्ति आदिमा फरक पर्दछ भन्ने कुरो पनि हामीले बुझेका छौं । साथै भूगोल, समयको अन्तराल र तत्कालीन समाजको प्रभाव पनि मानिसको व्यक्तित्वमा परेको हुन्छ । यस चित्रका सम्बन्धमा यी पक्षमाथि विचार पु¥याउनु पनि आवश्यक छ ।
    गाउँ, काँठ र शहरमा मनाइने दशैंमा भिन्नता छ । गाउँमा अभैm पनि दशैंको जुन रूप छ, काँठ र शहरको तुलनामा त्यहीं नै मौलिक हो । यद्यपि दशैंले वैश्विक परिवर्तनलाई निरन्तर स्वीकार गर्दै गएको छ । दशैंलाई कसरी मान्ने भन्ने विषयमा बालबालिका, त्यहीं समाजका युवा र बाहिर काम गर्ने युवा, प्रौढ र ज्येष्ठ नागरिकका मन बाझिएको पाइन्छ । यसको अर्थ यो पनि हो कि दशैं मनाउनेसम्बन्धी हाम्रो दृष्टिकोणमा पनि स्थिरता रहेको छैन । दशैंको मान्यतामा प्mयुजन त छ नै मान्ने तरीकामा पनि छ ।
    नयाँ लुगा किन्नै पर्ने, घरआँगन सफा गरी सकेसम्म रङ्गरोगन गर्नुपर्ने तथा वर्षभरिका सबै पर्वमध्ये ठूलो पर्वको रूपमा दशैंलाई मान्ने र सामान्य धार्मिक पर्वको रूपमा मान्दै भाकल गरिए अनुसार बलि प्रदान गर्ने गरी दुई किसिमका सांस्कृतिक अन्तर्घुलनले दशैंमा जीवन्तता थपेको छ । विजयादशमीको दिन निधारमा टीका लगाउने वा चन्दन लगाउने दुवै प्रवृत्ति हुँदा पनि अब उत्सुकता यस कारण कम भएको छ कि समाजले बिस्तारै बुभ्mदै गएको छ अधिकांश निधार रित्तै भएपनि । महानवमीका दिन बलि प्रदान गर्ने चलन चुरेको फेदीसम्म विस्तार भइसक्यो ।
    विदेशमा रहेका हिन्दू नेपालीले दशैंलाई जति उत्साहका साथ मनाउँछन्, उत्तिकै उत्साह होलीमा पनि देखाउँछन् । विदेशमा रहेका नेपालीको सामूहिक पहिचानमा दशैंले सहयोग गरेको छ । साथै सामुदायिक, जातिगत तथा प्रवृत्तिगत पहिचानको आधारलाई पनि दशैंले केही सहयोग गरेको छ । यद्यपि विदेशमा दशैंलाई जतिसुकै रमाइलो गरेर मनाइँदा पनि स्वदेशको जस्तो हुनै नसक्ने दाबीहरूसमेत आउँदा त्यस दाबीमा सांस्कृतिक गौरवको अनुभूतिको पक्ष पनि रहेको छ । विदेशमा लामो समय दशैं मानेकाहरूको मनलाई छुने प्रयास गर्दा अब यहाँ पनि आत्मीयताको रङ्गमा खल्लोपन आएको स्वीकार्दछन् । दशैं पहिलेजस्तो यहाँको गाउँमा समेत रहेन भन्ने गुनासो गर्दा मौलिकताप्रतिको चिन्ता हुन्छ कि परिवर्तन भएको पक्षमा सुधारको भन्ने छुट्याउन मुस्किल हुन्छ ।
    कतै खूब खाइन्छ भने कतै शुद्ध शाकाहारी मनाइन्छ । कोही त पहिलो दिनदेखि दशैं खान शुरू गर्छन् भने कोही महानवमीसम्म अन्न नै त्याग गर्दछन् । भएभरको मोज गर्ने यसैमा हो भने अनन्त साधनाको प्रयास पनि यसैमा गरिन्छ । दशैंलाई भेटघाटमा बिताउने कि घर छाडेर कतै जानै नमिल्ने गरी मनाउने गरी समाजका दुई विपरीत प्रकृति रहेका छन् ।



SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us