Tuesday, October 15, 2019

गाउँसभा नभएर विन्दवासिनी र पकाहामैनपुर गापाका कर्मचारीले दशैंमा पनि तलब पाएनन्

प्रस, वीरगंज, २८ असोज/
    विन्दवासिनी र पकाहामैनपुर गाउँपालिकाका कर्मचारीहरूले दशैंमा पनि तलब पाएनन् ।
    पर्सा जिल्लाको १४ स्थानीय तहमध्ये यी गापाले हालसम्म गाउँसभा गर्न नसकेको कारण बजेट सञ्चालन गर्न नसक्दा आर्थिक समस्या बेहोर्नुपरेको हो । गाउँसभा नगर्ने स्थानीय तहको आर्थिक कारोबार गर्न नपाउने सरकारी प्रावधान अनुरूप अहिलेसम्म यी दुई गापाको आर्थिक कारोबार कोलेनिकाले रोक्दा समस्या भएको हो।
    स्थानीय तह अन्तर्गत कृषि, शिक्ष्Fा, पशु, स्वास्थ्य, महिला, बालबालिका शीर्षक गाभिएको र यी सबैका कर्मचारीहरूले तलब सुविधा पाउन सकेका छैनन् । दुवै गापामा दुई सयको हाराहारीमा सबै तहका कर्मचारीहरू कार्यरत छन् ।
शिक्ष्Fकहरू हडतालमा
    दशैंमा पनि तलब सुविधा नपाएको भन्दै विन्दवासिनी गापाका शिक्ष्Fकहरू आजदेखि अनिश्चितकालीन हडतालमा उत्रेका छन् । गापाको १४ वटा विद्यालयमा आज तालाबन्दी गरेर उनीहरू हडतालमा उत्रेका हुन् । तलबको लागि बारम्बार ध्यानाकर्षण गराउँदा सुनवाइ नभएको भन्दै उनीहरूले आजदेखि तालाबन्दी गरेका हुन् ।
गाउँसभा चाँडै हुन्छ– प्रमुख 
    विन्दवासिनी गापाका प्रमुख श्रीलाल (मोदी) साह कानूले गाउँसभा चाँडै हुने प्रतिबद्धता जनाएका छन् । प्रतीकसँग कुरा गर्दै उनले निर्धारित समयमा जनप्रतिनिधिबीच वैमनस्यताले गाउँसभा प्रभावित भएर अहिलेसम्म हुन नसकेको बताए । उनले हालको दिनमा जनप्रतिनिधिहरूबीच सहमति भइसकेको र एक–दुई दिनमा गाउँसभाको मिति तोकिने बताए ।
    गापा प्रमुख कानूले १० दिनभित्र गाउँ परिषद् सम्पन्न गर्नेगरी काम भइरहेको जनाएका छन् ।
पकाहामैनपुर सुस्त   
    गाउँसभा गर्ने विषयमा पकाहामैनपुर गापा सुस्त देखिएको छ । जनप्रतिनिधिहरूबीच खिंचातानी चलेकोले लम्बिएको गाउँसभा अहिलेसम्म आयोजना गर्ने विषय अहिलेसम्म अन्योलमा छ ।
    प्रमुख प्रशासकीय अधिकृत सुनील चौरसियाले समन्वय हुन नसक्दा गाउँसभा प्रभावित भएको बताए । उनले गाउँसभा नभएको कारण कर्मचारीहरू तलब सुविधाबाट वञ्चित भएका र आन्दोलनको धम्की आउने क्रम जारी रहेको बताए । जनप्रतिनिधिहरूबीच समन्वय गराएर गाउँसभा सम्पन्न गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us