Friday, October 11, 2019

दशैं

विशेष

कुमार रुपाखेती
१.    यसपटकको दशैंले दर्शनार्थी र सडकपेटीमा व्यापार गर्नेलाई हत्तु बनायो ।
२.    वीरगंजको पूmलपाती बढाई अब औपचारिकतामा मात्र सीमित रह्यो ।
३.    पशुबलि प्रथा रोक्न हम्मेहम्मे देखिन्छ, यसमा समय लाग्छ ।
४.    जतिसुकै टोपी दिवस मनाए पनि टोपी अब चाडबाडमा लगाउने फेशनमा सीमित रहयो । टोपी लगाइ टीका, जमरा थाप्ने प्रशस्त देखिए ।
५.    वीरगंजमा पहिलेझैं भारतीय मगन्ते, रोगी, जोगी र पाकेटमारहरूको बिगबिगी नै रह्यो ।
६.    महानगरले खानेपानी र शौचालयको बन्दोबस्त गर्न नसक्दा खुला दिसामुक्त पर्सामा मेला अवधिभर खुलमखुला मूत्र त्याग र शौच गरेको देखियो ।
७.    मेलम्चीको पानी अब अर्को दशैंमा रे । यसपटक वीरगंजमा तस्करहरू मोटाघाटा र चिल्ला भए ।
८.    प्रविधिले चाडपर्व फेरियो । दशैंमा घर जान नसक्नेहरू प्रविधिको माध्यमले आफन्तसँग जोडिए ।
९.     दशैंमा काठमाडौं सयर गरेर आएका भारतीय पर्यटकहरूले काठमाडौंको जाम, धूलो, धूवाँ देखेर राजधानीलाई जहरिली घाटी भने ।
१०.     ओखला चिउरा कुटेको, खल, ढिकी र जाँतोमा चामल, दाल पिसेको आवाजले ऊ बेला दशैं लागेको आभास हुन्थ्यो रे, अचेल लाउडस्पीकरको ध्वनि प्रदूषण, माग्नेहरूको लर्को, चर्को बजार भाउ र बजारमा भीडभाड बढेपछि बडादशैं आएको भान हुन्छ ।
११.    हिमालपारिकाले यसपल्ट पनि सहज र सुलभरूपमा चामल पाएनन् । त्यता यसपटक पनि राम्रो
अछता बनाउन हुनेखानेकोमा चामल लिन जान बाध्य भए गरीबहरू ।
१२.    वर्षभरिमा चैत, असार, असोज र पुस गरी चारवटा नवरात्र पर्दछन् । जसमध्ये एक दशैंको नवरात्र हो ।
१३.    कतैकतै तराईतिर दशैंलाई आयुध पूजा भन्ने गरिन्छ ।
१४.    उद्योग वाणिज्य सङ्घ वीरगंजको सस्तो बजारको प्रदर्शन निराशाजनक थियो ।
१५.    वीरगंजका ख्यातिप्राप्त शक्तिपीठहरू गहवामाई, बिर्तामाई, बौधीमाई, भुटनदेवीमाई, विन्ध्यवासिनीमाई, गढीमाईहरू दिदीबहिनी हुन् रे ।
१६.    यसपटक पनि दशैं अवधिमा वीरगंज बजार सुनसान र पारिपट्टि रक्सौल बजार गुलजार रह्यो ।
१७.    दशैं मनाउन भारतबाट नेपाल आउनेहरूलाई भारतीय सुरक्ष्Fाकर्मीले लूट कान्छा लूटको शैलीमा नाङ्गेझार पारे ।
१८.    रसुवाको पर्यटकीयस्थल लाङटाङमा दशैंमा पशुबलिको सट्टा दियो बालेर सामूहिक शान्तिको कामना गर्दै प्रार्थना गरिन्छ । छुट्टै धर्म र परम्परा लाङटाड्ढो विशेषता हो ।
१९.    भोजपुरी र मैथिलीमा कतैकतै दशैंलाई जतरा भनिन्छ ।
२०.    गोर्खाबाट हनुमानढोका काठमाडौं भिœयाउने पूmलपाती दशैंघरमा भिœयाउनुअघि पहिले पैदल बोकेर मोटरमा ल्याइन्छ । गोर्खा दरबारदेखि गोर्खाचोक बजारसम्म अझै डोलीमा बिदा गरिन्छ ।
२१.    ललितपुरको खोकना वडा नं २१ का ६ सय घरधुरीले दशैंमा मारकाट र बलि दिंदैनन् । दशैंका बेला मुलुकभरका शक्तिपीठहरूमा बलि चढ्ने भएकोले मारकाट नहुने स्थान खोज्दै देवीदेवताहरू खोकना आउँछन् भन्ने मान्यता छ ।
२२.    यसपालि प्याज काट्दा होइन, किन्दा आँसु चुहियो ।
२३     सरकारले यसपटक संविधानको धज्जी उडाउँदै मन्त्री र सांसदहरूलाई मात्र नभई तिनका सल्लाहकार र स्वकीयहरूसमेतलाई एक महीनाको दशैं खर्च दिएर कहीं नभएको जात्रा हाँडीगाउँमा झैं ग¥यो ।
२४    सबैलाई दशैं लागेपनि नेपालका राजमार्ग र बाटोघाटोलाई दशैं लाग्दैन अर्थात् मरम्मत सम्भार गरिंदैन, फलस्वरूप निकै गम्भीर दुर्घटना भयो दशैंमा ।
२५.    दशैंमा के खाने, के नखाने भनेर आजकल चिकित्सकहरूले सल्लाह दिन थालेका छन् । नेपालीहरूका लागि दशैं भनेकै नयाँ लगाउने र मीठो खाने चाड हो ।
२६.    भनिन्छ, दशैंको मौलिकता हराउँदै गएको छ । होहल्ला, मारकाट, झैंझगडा, मदिरापान, जबरजस्ती चन्दा र व्यापारिक क्षेत्र दशैंमा हावी हुँदै गएको छ । थाहा छ कि छैन वेदमा मारकाट नगर्नु भनिएको छ ।
२७.    दानवहरूबाट आजित देवीदेवताले सबै देवताहरूको शक्तिबाट देवी उत्पन्न गरे, जसको अठारवटा हात र सिंहमा सवार यी देवीले दानवहरूलाई परास्त गरिन् । त्यसैले उत्सवस्वरूप दशैं मनाइन्छ तर कोही कोही रावण वधलाई जोडेर विजय उत्सवझैं दशैं मनाउन थालिएको भन्छन् ।
२८.    धर्म निरपेक्ष मुलुक भएपनि दशैं, तिहार र छठ पर्वताका मुलुक पूरै हिन्दूमय देखिन्छ ।
२९.    २००७ सालदेखि नै राष्ट्रप्रमुखले विजयादशमीको शुभकामना दिने चलन चलेको हो ।
३०.    हट्यो सारा हिलो मैलो,
    हरायो पानीको वर्षा ।
    भवानीको भयो पूजा,
    चल्यो आनन्दको वर्षा ।।
    कवि शिरोमणि लेखनाथ पौडेलको यो रचना आज पनि उत्तिकै सान्दर्भिक छ ।
३१    वर्मामा बस्ने नेपालभाषीहरूले समेत हाम्रै तरीकाले दशैं मान्दछन् । मुलुक समावेशी नभएपनि दशैं सबै समुदायका लागि समावेशी चाड बनेको छ ।
३२    राजा ज्ञानेन्द्र सत्तामा रहँदा राजाको हातको टीका थाप्न सधैं दरबार धाउँथे नेकपा नेता वामदेव गौतम । प्रचण्ड दशैं मनाउँदैनन् तर अरूलाई टीका लगाइदिन्छन् ।
३३.    दशैंको महानवमीमा मात्र खुल्छ वसन्तपुरस्थित तलेजु भवानीको मन्दिर । नवमी पूजामा तलेजु भवानीमा अझै पनि सो¥ह जातका ४२ जना मान्छे चाहिने परम्परा छ ।
३४.    तराईमा बडादशैं (दशमी)भन्दा नवमीको महŒव छ । नवमीसम्म व्रत बस्ने महिलाको सङ्ख्या यहाँ बढी छ । अचेल दशैं बिदा घटेर जम्माजम्मी पाँच दिनमा झरेको छ ।
३५.    प्रत्येक दशैंको अवसरमा गोर्खामा हुने लिगलिगे दौड प्रतियोगिता–२०७६ मा चौथोपटकसमेत पर्वतका अनिष थापामगरले जिते र श्रीपेंच पहिरे । उनी भारतीय लाहुरे हुन् ।
३६.    यसपालि दशैंमा चाइनिज लुगा र भारतीय खसी–बोका खूबै खप्यो । यसपालि कोलकाताको एउटा दुर्गा उत्सव समितिले ३५ फिट अग्लो, ५० किलो सुनसहितको दुर्गाको मूर्ति २० करोड रुपैयाँ खर्चेर बनायो ।
३७.    सम्राट अशोकले २३ सय वर्षअघि युद्ध त्यागेर बुद्ध धर्म अपनाएको दिन विजयादशमी पर्छ । त्यसैले बौद्धमार्गीहरूले यो दिनलाई अहिंसाको पर्वको रूपमा मनाउँछन् ।
३८.    क्रिस्चियन, शिख, मुस्लिमहरूले दशैं मान्दैनन् ।
३९.    संविधानले प्रदेश र राजधानीको नाम तोक्ने अधिकार सम्बन्धित प्रदेशलाई दिएपनि प्रदेश नं. २ मा बडादशैंसम्म यो कार्य अधूरै रह्यो । संविधानमा खोट देखाउने र अधिकार पाइनँ भन्नेहरूले पाएको अधिकार किन खेर फालेको होला ?
४०.    बडादशैंमा नेपाल राष्ट्र बैंकले वितरण गर्दै आएको नयाँ नोट वितरण कार्य २०७८ देखि बन्द गर्ने रे । राष्ट्र बैंक अनुसार दशैंमा नयाँ नोट छपाइ, वितरण र व्यवस्थापनमा ३ अर्ब खर्च हुने जनाएको छ ।
४१.    दशैंअघिदेखि रुद्राक्षको व्यापार हुन्छ, एउटै रूखमा लाखौंको रुद्राक्ष फल्छ । यसको रूख सुरिलो र कमजोर हुन्छ । तर दशैं मान्न रुद्राक्षको दाना टिप्नेक्रममा यसपल्ट थुप्रै घाइते भए, धेरैको ज्यान गयो । भोजपुर र सङ्खुवासभातिर रुद्राक्षको खेती नै हुन्छ ।
४२.    यसपटक दशैं शुरू भइसक्दा समेत  सरकारी खाद्य संस्थानले समयमा खसी–बोका बिक्री वितरण गर्न नसक्दा काठमाडौंका उपभोक्ताहरू महँगोमा किन्न बाध्य भए ।
४३.    यसपटक दशैंमा नयाँ लुगा र खानपान मात्र होइन, महिलाहरू सुन्दरी देखिन कपाल स्ट्रेट गर्ने, कर्ली बनाउने, रङ्गाउने, फेशियल गर्ने आदि काममा समेत चेतनशील देखिए अनि त ब्युटिपार्लरहरूले चकाचक कमाइ गरे ।
४४.    सडक मानवलाई उद्धार गरी उनीहरूको रेखदेख, उपचार तथा पुनस्र्थापनामा सक्रिय भक्तपुरको एक मानव सेवा आश्रमलाई प्रधानमन्त्रीले दशैंको अवसर पारेर रु १ करोड दिने वाचा गरे र त्यहाँका आश्रितले प्रतिमहीना रु २ हजार सामाजिक सुरक्षा भत्ता पाउने गरेकोमा अब उप्रान्त ज्येष्ठ नागरिकसरह रु ३ हजार दिने र आपूm सत्तामा भएकै बखत भविष्यमा ज्येष्ठ नागरिकको भत्ता रु ५ हजार गर्ने भन्दै वाहवाही कमाए ।
४५.    पन्डालमा यसपालि चण्डालहरूको निकै बोलवाला रह्यो । कतिपय स्थानमा भएकै पण्डाल पूजाका हर्ताकर्ता चण्डाल देखिए । साँझ रक्सी खाने, जबरजस्ती चन्दा असुली गर्ने, झैंझगडा, होहल्ला गर्ने, जोडले स्पीकर बजाउने र केटी जिस्काउनेसम्म देखियो ।
४६.    चङ्गा, पिङ, दशैंका रमाइला पक्ष भएपनि हाम्रोतिर चङ्गा र पिङ देखिएन । नेपालमा रोटे, जाँते र लिङ्गे गरी तीन किसिमको पिङ प्रचलनमा छ ।
४७.    हिन्दू, बौद्धलगायत विभिन्न धर्मावलम्बीहरूले सबैले दशैंलाई आत्मीयरूपमा ग्रहण गर्दै आएकाले यो हाम्रो राष्ट्रिय पर्वको रूपमा सुपरिचित छ ।
४८.    दशैं अवधिभर गाउँघरमा हुने रामलीला, देवी चरित्र प्रदर्शन आदि हराउनेक्रम जारी छ । घटस्थापनादेखि दशैंसम्म माङ्गलिक कार्यका लागि साइत हेर्न नपर्ने भएकोले थुप्रै विवाह आदि सम्पन्न भए ।
४९.    सरकारले दशैंअघिदेखि बजार अनुगमनको हल्ला पिटेपनि दशैं अवधिभर बजारमा सरकार थिएन ।
५०.    प्रत्येक वर्षझैं मधुपर्क मासिक, हिमाल, नेपाल आदि किताबहरूले आप्mनो दशैं अङ्क ‘साहित्य विशेष’ भनेर प्रकाशन गरे ।
५१.    दशैंमा बज्ने मालश्री (मालसिरी) धुनले दशैंको रौनक भिœयाउने रहेछ । दशैंताका वीरगंजमा समेत मालश्री धुन खुबै घन्कियो । यो धुन चार सय वर्ष पुरानो हो ।
५२.    महिलाहरूको तीजझैं दशैं–तिहार विशेष गीत सार्वजनिक गर्नेक्रम बढ्दो छ । यसपालिको लोकप्रिय दशैं गीतमा– यो रक्सी कसले बनायो, चुहिने छानो आप्mनै गाउँ रमाइलो, दशैंमा आउ प्यारा निकै लोकप्रिय रह्यो ।
५३.    माघे सङ्क्रान्ति, फागू पूर्णिमा, दशैं, तिहार, छठ, नागपञ्चमी, विश्वकर्मा पूजा आदिमा वीरगंजका मूल र सहायक सडक पूmटपाथे व्यापारीको कब्जामा पर्न थाल्यो ।
५४.    नवरात्रिलाई जप, ताप, पूजापाठ, अनुष्ठान, आराधना, प्रार्थना आदिका लागि महŒवपूर्ण बेला मानिन्छ।
५५.    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसपल्ट टीका साइत १०ः३५ मा र दुर्गामूर्ति विसर्जन बिहान ८ः४५ मा रहेको थियो ।
५६.    बडादशैंको अवसरमा विशेष छुट भनी यसपटक लूट नै मचायो । यहाँको ट्राफिकजाम दशैंभर रह्यो ।
५७.    यसपालि दशैंमा महँगी, मिलावट, नक्कली सामानको बिगबिगी रह्यो । जाबो रक्सी र चाइनिज ताससमेत नक्कली भेटिए ।
५८.    आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाइ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us