Friday, October 11, 2019

तोकेभन्दा बढी सरसफाइ कर असुली

प्रस, वीरगंज, २४ असोज/
    वीरगंज महानगरमा सरसफाइको ठेक्का लिएको ठेकेदार कम्पनीले ठेला र पूmटपाथ पसलेहरूसँग महानगरपालिकाले तोकेभन्दा बढी रकम असुलेको समाचार प्राप्त भएको छ ।
    पृथ्वी तारा/एनके इन्टरनेशनल जेभीले गत साउन १ गतेदेखि सरसफाइको ठेक्का लिएको हो ।
    महानगरपालिकासँग भएको सम्झौतामा ठेकेदार कम्पनीले फोहर व्यवस्थापनका लागि दैनिक २२ रुपैयाँ ६० पैसा पूmटपाथ र ठेला व्यापारीसँग उठाउनुपर्ने उल्लेख छ । तर ठेकेदार कम्पनीका कर्मचारीले सरसफाइ सेवाको नाममा पूmटपाथ र ठेलामा पसल थाप्ने फलपूmल, पानीपुरी, चटपटे, भुजा
पकौडी, जुस र तरकारी पसलेहरूसँग दैनिक जनही रु २५ रुपैयाँ असुल्दै आएका छन् ।
    ठेकेदारका कर्मचारीले २२ रुपैयाँ ६० पैसा लेखिएको रसीद दिएर २५ रुपैयाँ असुल्दै आएको पूmटपाथका व्यापारी र ठेला पसलेहरूले बताएका छन् ।
    वीरगंज महानगरको विपी उद्यान, मीनाबजार, मुर्लीचोकमा रहेको तरकारी बजार तथा घण्टाघर, बसपार्क, माईस्थान, आदर्शनगर, बिर्तालगायतका स्थानमा दैनिक एक हजारको हाराहारीमा पूmटपाथ र ठेलाका पसलहरू छन् ।
ती पसलबाट ठेकेदारका कर्मचारीहरूले जनही २ रुपैयाँ ४० पैसा बढी असुल्दै आएका छन् । पसले र व्यपारीहरूबाट बढी असुली गरिएको रकम मनपाका कर्मचारी, ठेकेदार, स्थानीय प्रतिनिधिबीच भागबन्डा लगाउने गरेको स्रोतले जनाएको छ ।
    यसबारेमा पृथ्वी तारा/एनके इन्टरनेशनल जेभीका स्थानीय साझेदार शिव गुप्ताले भने पूmटपाथ र ठेला व्यापारीहरूबाट महानगरपालिकासँग भएको सम्झौतामा उल्लेख गरिएको दर अनुसार नै रकम उठाउने गरेको दाबी गरेका छन् ।
    उनले रकम उठाउन महानगरमा अहिले पाँचजना कर्मचारी खटाइएको भन्दै बढी रकम उठाएकोबारे आपूmलाई अहिलेसम्म कसैले गुनासो नगरेको बताए । यदि कुनै कर्मचारीले रसीदमा
उल्लेख भएकोभन्दा बढी रकम असुलेको पाएमा त्यस्ता कर्मचारीलाई कारबाई गर्ने बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us