Friday, October 11, 2019

नारायणी अस्पतालमा चिकित्सकको चरम लापर्बाही

प्रस, वीरगंज, २४ असोज/
    नारायणी अस्पतालमा कार्यरत चिकित्सकको लापर्बाहीको कारण बिरामीहरूले सास्ती भोग्नुपरेको छ ।
    अस्पताल अन्तर्गत गाइनो वार्ड र गाइनो ओपिडीमा चिकित्सकहरू नबस्दा बिहीवार दिनभरि बिरामीहरू मर्कामा परेको वीरगंज–१२ मुर्ली निवासी सरफरोज आलमले जानकारी गराए । आलम पत्नीको उपचार गराउन ओपिडीमा जाँदा त्यहाँ चिकित्सक नहुँदा उपचार नगराइ फर्किनुपरेको बताए । चिकित्सकको दरबन्दी पर्याप्त भए तापनि लापर्बाहीको कारण बिहीवार दिनभरि ओपिडी सञ्चालन भएन ।
    ड्युटीमा रहेका चिकित्सकहरूले अस्पतालको ड्युटी समयमा पनि निजी क्लिनिकमा बढी समय दिंदा अस्पताल आउने बिरामीहरू समस्यामा पर्ने गरेका छन् ।
    जनरल ओपिडीतर्पm पनि चिकित्सकहरू समयमा नआउने, आएपनि अस्पतालमा बसेर गफ चुटी दिन बिताउने गरेको कर्मचारीहरूले बताउँछन् । अस्पताल आएका सेवाग्राहीहरू बाध्य भएर निजी क्लिनिकतर्पm जानुपरेको पीडितहरूको गुनासो छ ।
    अस्पतालमा ल्याबका कर्मचारीहरू भए तापनि बिरामीहरूलाई समयमैं रगत, पिसाबको रिर्पोट नदिंदा अनावश्यक अस्पताल धाउनुपरेको बिरामीहरूको गुनासो छ ।
    बारा, पर्सा, रौतहटलगायत भारतको रक्सौललगायतका क्षेत्रबाट अस्पताल आउने बिरामीहरूसँग चिकित्सकले ल्याब परीक्ष्Fणको लागि पठाउँदा ल्याब कर्मचारीको चरम लापर्बाहीले एक दिनको उपचारमा पनि एक सातासम्म लाग्ने गरेको बिरामीहरूको गुनासो छ । अस्पतालको आकस्मिध कक्ष्Fमा राति चिकित्सक बस्दैनन् । अति सघन बिरामी आएमा मलमपट्टी गरी तुरुन्त रेफर गर्ने गरेको देखिन्छ । आकस्मिक शाखामा ड्युटीमा रहेका चिकित्सकहरूले आआप्mनो निजी क्लिनिकमा आलोपालो बिरामीहरूलाई पठाउने गरेको कर्मचारीहरूको भनाइ छ । वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरू आपैंm काम नगरी विभिन्न कलेजबाट प्रशिक्षण लिन आएका स्वास्थ्यकर्मीबाट काम गराउने गरेकाले बिरामीहरू झन् समस्यामा पर्ने गरेका छन् ।
    समयमा औषधि खुवाउने, खोप लगाउने तथा बिरामीको रेखदेख गर्ने काम पनि गैरजिम्मेवारीपनको कारण नहुने गरेको बिरामीका कुरुवाहरूको भनाइ छ ।
    चिल्डे«न वार्डमा चरम लापर्बाहीको कारण नवजात शिशुहरू झनै बिरामी हुने गरेको अभिभावकहरूको आरोप छ । आप्mना नातागोता र सोर्सफोर्समा आएका बिरामी बच्चालाई मात्र भर्ना गर्ने गरेको तर सोही अस्पतालमा जन्मिएका बच्चालाई अन्यत्र पठाउने गरिएको छ ।
    गाइनो वार्डमा जन्मिएका अधिकांश बच्चालाई बिरामी भएको भन्दै निजी अस्पतालमा उपचारको लागि पठाउने गरिएको पीडितहरूले जनाएका छन् । सोही चिकित्सकहरूले अस्पतालमा उपचार राम्ररी नगर्ने तर निजी क्लिनिकमा समयमैं आएर राम्ररी उपचार गर्ने गरेको पनि पीडितहरूले आरोप छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us