Friday, September 13, 2019

डेंगुविरुद्ध सचेतना, घरदैलो

प्रस, वीरगंज, २७ भदौ/
    डेंगुको सङ्क्रमणबाट जोगिनका लागि आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्रले सचेतना ¥यालीसहित घरदैलो कार्यक्रम गरेको छ ।
    पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले डेंगु रोकथामको लागि केन्द्रले निकालेको सचेतना पर्चा सार्वजनिक गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा प्रजिअ भट्टराईले जिल्लामा डेंगुको प्रकोप अन्य जिल्लाको तुलना न्यून रहेको बताए । उनले सचेतना कार्यक्रमहरू गरेर नागरिकलाई सचेत पार्दै डेंगुको सङ्क्रमणलाई नियन्त्रणमा लिन सकिने बताए । उनले सबैलाई सचेत रहन र अरूलाई पनि सचेत पार्न अनुरोध गरे ।
    कार्यक्रममा आदर्शनगर, घडीअर्वा क्षेत्रका सयौं घरमा पुगेर पर्चा वितरण गरिएको थियो । घरदैलो गरेर  घरपरिवारका सदस्यहरूलाई डेंगुबाट जोगिने उपायहरू बताएको केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी गराए ।
    कार्यक्रममा वीरगंज मनपा स्वास्थ्य शाखा प्रमुख अरुण महतो, प्रहरी नायब उपरीक्षक गौतम थापा, प्रहरी निरीक्षक राजकुमार सिंहको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us