Friday, September 13, 2019

नारायणी सिमेन्टमा ३७ जनाद्वारा रक्तदान

प्रस, परवानीपुर, २७ भदौ/
    नारायणी सिमेन्ट उद्योगमा शुक्रवार आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । विश्वकर्मा पूजाको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको उद्योगले यस वर्ष पनि पूजाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए । रक्तदान कार्यक्रममा पन्नालाल राम, सञ्जय गिरी, रामपुकार पटेल, विनोद सहनी, प्रदीप महतो, बलिराम  यादवलगायतले रक्तदान गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us