Friday, September 13, 2019

मुआवजा दिलाउन मुख्यमन्त्रीसँग माग

प्रस, परवानीपुर, २७ भदौ/
    वीरगंज महानगरपालिका–२५ स्थित आइसिपी र सुक्खा बन्दरगाहका बासिन्दाले आप्mनो जग्गाको मुआवजा पाउनुपर्ने माग गर्दै मुख्यमन्त्री लालबाबू राउत गद्दीको ध्यानाकर्षण गराएका छन् ।
    शुक्रवार मुख्यमन्त्री गद्दीलाई अलौंमा भेट गरी आइसिपी र सुक्खा बन्दरगाहको लागि ६४ बिघा जग्गा अधिग्रहण गर्न रोक्का राखिएकोले व्यापार–व्यवसाय गर्न नसकेको तथा मुआवजा पनि नदिएको भन्दै गुनासो गरे ।
    वडासदस्य वैजयन्तीमाला देवीले अढाई वर्षदेखि घडेरी तथा खेतको जग्गा रोक्का राख्दा समस्या भएको बताइन् । उनले जग्गा फुकुवा गरिदिन अथवा अधिग्रहणको प्रक्रिया अघि बढाएर मुआवजा उपलब्ध गराउन माग गरिन् ।
    मुख्यमन्त्री गद्दीले यस सम्बन्धमा आपूmले प्रधानमन्त्रीसँग कुरा राखिसकेको बताउँदै समस्याको हल चाँडै गर्न पहल गर्ने आश्वासन दिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us