Saturday, September 14, 2019

सुखको खोज

विष्णुदयाल वाष्र्णेय ‘बजाज’
    संसारमा प्रत्येक प्राणीले आप्mनो जीवनमा सुखको खोज गर्छ, जतिसुकै सुख प्राप्त भएपनि सन्तुष्टि प्राप्त हुँदैन । ऊ यसै मृगतृष्णामा पागल बनिरहन्छ । उसले हरेक प्रकारबाट स्वयम्लाई अझ सुखी बनाउन चाहन्छ, तर सुख प्राप्त गर्न संसारमा अनेक बाटा छन् । सुखको के परिभाषा हो ? सुख कुन लक्ष्यलाई प्राप्त गरेपछि पाइन्छ ? यो हरेक व्यक्तिको बुद्धि, मनोवृत्ति, चाहना एवं उसको संस्कारमाथि निर्भर गर्छ । कोही व्यक्ति रक्सीलाई अमृत भन्छ भने कसैले त्यसलाई विष मान्छ । कुनै व्यक्ति सांसारिक भोग–विलासरूप लक्ष्यलाई प्राप्त गर्नुलाई नै सुखको अनुभूति साधन मान्छ । ऊ मायाका अनेकौं रूपको लावण्यमा फसेर आप्mनो इन्द्रियलाई सुख दिने साधन मान्छ । उसले आप्mनो सुखको आधार कामपूर्ति, कुनै प्रकारबाट गरिएको धनसञ्चय, सन्तानवृद्धि, अरूको अधिकार हनन गर्नु, बलात्कार, भ्रष्टाचार, प्रतिशोधपूर्ति एवं परनिन्दा, ईष्र्या आदि कुत्सित मनोवृत्तिपूर्ति गर्नु नै आप्mनो परमलक्ष्य एवं आप्mनो वर्चस्वताको प्रतीक मान्छ । यसैलाई सुखको अन्तिम सीमा बुझ्छ तर उसले यो बुझ्दैन कि यी कुराको परिणाम क्षणिक आभासी सुखपछि मनको अशान्ति, भय, शरीरमा रोगको उत्पत्ति, समाजमा घृणित हुनु, दण्डनीय र दीन–हीन हुनु, धनको ¥हास, दीर्घकालीन समस्यामा फस्नु एवं जीवनलाई नर्क बनाउनु र आगामी जीवनको लागि दुःखद प्रारब्धहरूलाई स्वयम् नै बनाउनु हो । यो अपघात समान हुन्छ अर्थात् यो साँचो सुख नभएर दुःखको खेती गर्नु हो ।
    साँचो सुख त राम्रो संस्कार भएको सत्कर्म गर्दा हुन्छ, अरूलाई यथासम्भव सुख पु¥याउनमा र ईश्वर, समाज एवं स्वयम्को आत्मिक प्रसन्नता हुने कार्य गर्दा सुख हुन्छ । सत्कार्यबाट नै मनुष्यलाई आत्मिक बल, प्रसन्नता, प्रशंसा एवं सुकीर्ति प्राप्ति हुन्छ ।
    साँचो सुखको परिभाषा के गर्ने, परिभाषा त विस्तृत छ । साँचो सुखको अनुभूति तब हुन सक्छ, जब मनुष्यको मन निर्विकार यानी तृष्णा, ईष्र्या, काम, क्रोध, मद, मोह, लोभको भावनाबाट रहित हुन्छ । कुनै प्रकारको महŒवाकाङ्क्षा नहोस् । बढीजसो यही देखिएको छ कि मनुष्य आप्mनो महŒवाकाङ्क्षाको पूर्तिलाई साँचो सुख बुझ्दै आप्mनो मनको शान्ति, चरित्र, इमान, धन, तन र ख्यातिलाई दाउमा लगाएर सुखको खोजमा पागल हुन्छ र आप्mनो जीवनमा अनेकौं कष्टमा घेरिएर स्वयम्लाई सबैको दृष्टिमा हास्यास्पद बनाउँछ ।
    उसले साँचो सुख, वर्चस्वताको भावना र भौतिकतावादीको होडबाट टाढा रहँदा एवं ईश्वरप्रति भक्तिभाव राख्दा नै प्राप्त हुन्छ । मनुष्य ईश्वरप्राप्तिको लागि प्रयत्नरत रहनुपर्छ र मायाबाट विरक्त भएपछि उसले साँचो सुख प्राप्त गर्न सक्छ ।
    अब प्रश्न यो उठ्छ कि ईश्वरप्राप्तिको सही बाटो के हो ? तब ईश्वरप्राप्तिको बाटो निम्नलिखित छन्–
    १. प्रभुको सत्य सार्थक रूपलाई बुझ्नुस्, संसारमा उसको सर्वव्यापी दर्शन गर्नुस् । संसारको रचना प्रभुले ठूला आश्चर्यजनक कारीगरबाट गरेका हुन् । जुन हाम्रो समझ एवं कल्पनाभन्दा टाढा छ, त्यो कसरी–
    उसले संसारमा जल, थल र नभमा करोडौं प्रकारका जीवधारी जसमा विभिन्न प्रकारका गुण तथा जीवनका तौर–तरीका छन्, विभिन्न प्रकारका बोली छन्, रूप छन्– यसै प्रकार करोडौं प्रकारका रूख, बिरुवा, जडीबुटी, जसका विभिन्न रङ्ग, गुण, स्वाद, रूप एवं उपयोगिता छन् । विभिन्न प्रकारका फलपूmल र यस्ता जनावर छन्, जुन सियोको टुप्पोको आकारका भएपनि हरेक प्रकारका गुण र जीवनयापी शक्तिले सम्पन्न छन् ।
    ईश्वरले संसारमा हजारौं प्रकारका नदी, ताल, झर्ना, स्रोत एवं समुद्र तथा जमीन र समुद्र भित्र सयकडौं रासायनिक पदार्थ, धातु एवं जडीबुटी तथा जीवजन्तुको निर्माण गरेका छन् । यति विशाल संसार ? त्यो पनि स्वचालित हुनु अति आश्चर्यजनक हो । यसबाट संसारको कण–कणमा त्यस ईश्वरको दर्शन ज्ञान–चक्षुबाट जब चाहनुहुन्छ गर्न सकिन्छ । ईश्वरले हाम्रो शरीरका अङ्ग, प्रत्यङ्गमा पञ्चतŒवको माध्यमबाट एवं ईश्वरी अंश (आत्मा)बाट हामीलाई जीवन दिएका छन् । हरेक सासमा उनको अधिकार छ । श्वासप्रश्वास उनैको प्रसाद हो । उनले जुन पनि शक्तिहरू संसारमा बनाएका छन्, त्यसको लाभ विना कुनै भेदभावले प्रत्येक गरीब–धनीलाई निश्शुल्क र समयसमयमा आप्mनो सन्तान सम्भिंmदै दिएका छन् । त्यसैले हामीले उनलाई परमपिता भन्छौं । हामीले उनीप्रति श्रद्धावान् बन्नुपर्छ । भक्तिभावका साथ स्वयम्लाई उनीप्रति समर्पित गर्नुपर्छ, यसबाट उनको दर्शनको आनन्द यानी साँचो सुख हामीले स्वयम् प्राप्त गर्न सक्छौं । क्रमशः...

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us